पुल निर्माण भैसक्दा पनि भुक्तानि भएन
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_579.html
सिन्धुली दर्पण/जेठ १६
सिन्धुलीको भिमस्थान-वेलघारी जोड्ने चदाहा खोलाको झोलुङ्गेपुल निर्माण भएको दुइ वर्ष वितिसक्दा पनि जिल्ला विकास समितीलॆ पुल निर्माण कम्पनिलाई भुक्तानि दिएको छैन । जिविस सिन्धुलीले स्थायिन विकास मन्त्रालयको झोलुङ्गे पुल शाखाको आर्थिक सहयोगमा पुल निर्माण गर्न ठेक्का दिएको थियो ।
जिल्ला विकास समितीले भ्याट सहिती ३३ लाख रुपयाँमा टेण्डर लगाएको थियो । सो पुलवाट निर्माण कम्पनिका उद्धव दाहालले भ्याट सहित १९ लाख रुपयाँ भुक्तानि नपाएको गुनासो गरेका छन् । काम गरेको विलको भुक्तानि लिन तत्कालीन स्थायिन विकास मन्त्री पुर्ण कुमार सेर्मा सम्म गयौं । मन्त्रीले पुलको पैसा रोक्नु हुँदैन तत्काल भुक्तिनी दिन स्थानिय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञावाली र पुल शाखा प्रमुख लाई निर्देशन दिएको भए पनि पैसा हाल सम्म नपाइएको निर्माण व्यवसायी दाहालले वताउनुभयो । जिल्ला विकास समितीले पैसा नदिँदा पुल वनाउन काम गरेका लेवर देखी हार्डवयर पसल सम्मलाई पैसा दिन नपाएको गुनासो छ । पुल निर्माण भएको दुइ वर्ष वितिसक्दा पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाउनु दःखदायी भएको निर्माण व्यवसायी संघका उपाध्यक्ष तुलसी श्रेष्ठले जानकारी दिनुभयो ।
राज्य काम गर भनेर टेण्डर स्वीकृत गर्ने भुक्तानि गर्ने वेला पैसा छैन भनेर पन्छिन मिल्दैन् श्रेष्ठको भनाइ छ । जसरी भए पनि निमार्ण व्यवसायीहरुलाई रकम भुक्तानि गर्नु पर्ने श्रेष्ठले वताउनुभयो । जिल्ला विकास समितीका योजना अधिकृत केशव सुवेदीले जिल्ला विकास समितीले चाहाँदा चाहाँदै पनि पुल निर्माण कम्पनीलाई भुक्तानि गर्न नसकीएको वताउ छन् ।
गत वर्ष जिल्ला विकास समितीको भिमस्थान-वेलघारी जोड्ने तिलङ्गे पुलको लागी भुक्तानि दिन स्थानिय विकास मन्त्रालयवाट रकम नआए पछि जिल्ला विकास समितीले पुल निर्माण कम्पनीलाई भुक्तानि दिन नसकेको सुवेदी वताउनुहुन्छ । स्थानिय विकास मन्त्रालयको पुल शाखाले यस आर्थिक वर्षमा निकासा दिएपछि भुक्तानी दिने तयारी जिल्ला विकास समितीले गरेको योजना अधिकृत सुवेदीले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !