प्रहरीद्धारा सिन्धुलीमा दुई क्वीन्टल तामाको तार वरामद



सिन्धुली दर्पण/जेठ १६
सिन्धुलीजिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज कमलामाई नगरपालीका-६ गैरी वजारको कृण्ण भाडा पसलवाट दुई क्वीन्टर तामाकोजार वरामद गरेको छ ।  सिन्धुलीमा केही दिन देखी टेलीफोनको तार चोरी हुन थालेपछि प्रहरीले त्यस सम्वन्धमा अनुसन्धान सुरु गरेको थियो ।

 तामाको तार चोरी गर्नेहरुले गैरी वजारको वसिड साह को कृष्ण भाडा पसलमा विक्री गर्ने गरेको सुराकी पाए पछि आजै साहको भाडा पसलमा छापामारेको प्रहरीले वताएको छ । साहको भाडा पसलवाट टेलीफोनगाडीको इन्जीनमा प्रयोग हुने तामाको तारहरु प्रहरीले वरामद गरेको छ । कवाडी सामानहरु संकलन गरि विक्री गर्ने भएकोले गोदाममा तामाको तारहरु राखेको वसिड साहले वताएका छन् ।

 कवाडी साहुको हैसीयतले विभिन्न स्थानवाट ल्याएका व्यक्तीहरुसँग प्रति केजी ५ सय देखी ५ सय ५० सम्म किन्ने गरेको कृष्ण भाडा पसलका वसिड साहले वताएका छन्  । तामाको तार तराइका जिल्लामा लगेर विक्री गर्दा प्रति केजी ६ सय देखी ७ सय सम्म विक्री हुने गरेको उनी वताउ छन् ।  कृष्ण भाडा पसलका कवाडी संकलक वसिड साहलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा लगेको छ । केहि दिन अघि मात्र सिन्धुलीको विभिन्न ठाउँवाट सयौ मिटर टेलिफोनको तार हराएको थियो । 

Related

स्थानिय 4914146618193556256

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item