दाइजो नल्याएको निहुमा बुहारीको हत्या


दिपेश पौडेल/रौतहट/जेठ १७

खानामा बिष राखेर खुवाइ हत्या गरी जलाएर फरार भएको भन्दै बुहारी हत्याको आरोपमा रौतहटमा प्रहरीले एक परिवारको खोजी गरीरहेको छ । दाइजो नल्याएको भन्दै जेठ १४ गते गौर नगरपालिका १० सबगढा टोलकी १८ वर्षीया संगितादेवी साहको परिवारका सबै सदस्य फरार भएकाले राति नै शव जलाउनमा सहयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 अन्य फरार परिवारका सदस्यहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साहलाई राती नै जलाउदै गरेको अवस्थामा  प्रहरीले तीन जनालाई पक्राउ गरेकेा छ । रौतहटमा मात्रै सन् २०१० मा ७ जना बुहारीहरुको दाइजोको कारण हत्या भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

Related

स्थानिय 3733020222737767388

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item