तीन महिनामा शान्ति र संविधान पुरा गर: राष्ट्रसंघ



जेठ १६ 

संयुक्त राष्ट्रसंघले दलहरुको सहमतीमा संविधान सभाको म्याद थप भएकोमा स्वागत गर्दै शान्ति र संविधानको जिम्मेवारी पुरा गर्न सुझाव दिएको छ ।

विघठनको संघारमा पुगेको संविधानसभालाई जोगाई तीन महिनामा शान्ति प्रकि्रया पुरा गर्ने प्रतिवद्धता जनाएकोमा राष्ट्रसंघीय महासचिव वानकी मुनले खुशि व्यक्त गर्नुभएको छ । महासचिव वानको सचिवलायले नेपाली समय अनुसार गएराति विज्ञप्ती जारी गरेर थपिएको तीन महिनाको समयलाई अधिकतम उपयोग गरेर शान्ति र संविधान निर्माणका वाँकी काम पुरा गर्न दलहरुको ध्यानकर्षण गराउनु भएको छ ।

 महासचिव वानले नेपालको शान्ति प्रकि्रयामा राष्ट्रसंघले पुर् याउदै आएको सहयोग जारी रहने उल्लेख गरिएको छ । यस अघि हिजो युरोपियन युनियन सम्बन्द्ध राष्ट्रहरुले पनि संविधानसभाको म्याद ३ महिना थप भएकोमा स्वागत गर्दै सहमतिका साथ अघि बढ्न सझाव दिएका थिए ।

Related

विश्व 292474764500790148

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item