विल आउछ पानी आउँदैन सिन्धुलीमा


मिनकुमार दाहाल,सिन्धुली,साउन ७ । 

तपाईले घरमा धारा राख्नुभएको छ । धारामा के आउँछ ? सहजै उत्तर आउँछ, पानी । तर तपाई भ्रममा हुनुहुन्छ । कमलामाई नगरपालिका भित्रका अधिकाँश धारामा विहान वेलुका हावा आउँछ अनि महिना नपुग्दै घरमा पानीको विल आउँछ ।
सिन्धुली सदरमुकामका वासिन्दाहरु विगत लामो समयदेखि यस्तो नियती भोग्न वाध्य छन् । सिन्धुली सदरमुकाममा खानेपानी वितरणको जिम्मा लिएको शिद्देश्वर खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीका कारण यहाँका वासिन्दा पानी प्रयोग नगरी विल तिर्न बाध्य छन् ।

विगत एक महिनादेखि धारामा पानीको एक थोपा पनि नचुहिएको गैरीबजार निवासी रश्मिला देवकोटाले वताउनुभयो  । उहाले भन्नुभयो– पानी नआएको महिनौं भइसक्यो विल भने महिना नवित्दै आईपुग्यो । समितिले विल काट्दा धारामा पानी आएको छ कि छैन भनेर बुभ्mनु पर्ने हो तर कसैले पनि यसतर्फ ध्यान दिदैनन् उहाले
 गुनासो गर्नुभयो । धारामा पानी नआउँदा खोला र इनारको पानी पिउन वाध्य हुने गरेको स्थानीय गोमा प्रधानले बताउनुभयो ।

यस विषयमा समितिका अध्यक्ष डम्वरवहादुर खड्काले पानी कहाँ–कहाँ पुगेको छैन निरिक्षण गरी चाँडो भन्दा चाँडो पानीको आपूर्ति सहज गराउने वताउनुभयो ।
शिद्देश्वर खानेपानी उपभोक्ता समितिले एशियाली विकास वैंकको झण्डै ८ करोड ऋण सहयोगमा साना शहरी तथा खानेपानी आयोजनाको निर्माण गरेको थियो । आयोजनाको निर्माण चरणमै अनियमितताको आरोप खेपेको समितिले पानी वितरणको जिम्मा लिएपनि कार्यान्वयन गर्न नसक्दा उपभोक्ताहरु मारमा परेका छन् ।


Related

स्थानिय 2126672750811007321

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item