प्रहरीसँगको भिडन्तमा धनुषामा एक डाँकाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/07/news_9453.html
धनुषा,साउन ७ ।
धनुषा जिल्लाको दुहबी गाविस ५ गोबराहीमा प्रहरीसँग भएको भिडन्तमा एकजना डाँकाको मृत्यु भएको छ । भिडन्तमा धनुषाको तारापट्टी १ बस्ने हरेशिव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय औरहीबाट गस्तीमा निस्ककेको प्रहरी टोली र डाका समूहबीच गएराति भिडन्त भएको थियो । डाँका समूहले गोली चलाएपछि प्रहरीले प्रतिकार गर्दा यादवको गोली लागि मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक अभय जोशीले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !