सिन्धुलीमा अनाथ बालबालीकालाई सहयोग

चीना थापा,सिन्धुली,साउन ७ । 
नेकपा एमाले सिन्धुलीले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम् जनआन्दोलनका प्रवर्तक पुष्पलालको ३७ औँ स्मृति दिवसको अवसरमा शैलसिखर अनाथलयमा रहेका अनाथ बालबालीकाहरुलाई खाद्यान्न एवम् स्टेशनरी सामान सहयोग गरेको छ । नेकपा एमाले सिन्धुलीका नेता, कार्यकर्ता , सरकारी कार्यालयका प्रमुख, पत्रकार लगाएतको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी सिन्धुलीको मधुटारमा रहेको शैलसिखर अनाथलयमा रहेका १५ जना अनाथ बालबालीकाहरुलाई सो सहयोग गरेको हो । 

फलफूल वितरण पछि औपचारी कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जनकपुर अञ्चल इन्र्चाज केशव देवकोटाले अनाथ बालबालीका पनि भविष्यका कर्णधार भएकाले जिल्लाका सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । वहाँले अनाथ बालबालीकालाई पढ्न, पालन पोषणका लागि सहयोग गरिदिन सम्पूर्ण जिल्लाबासीलाई आग्रह समेत गर्नुभयो ।

 नेकपा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राईको सभापतित्वमा भएको कार्यक्रममा पार्टी केन्द्रिय कमिटीका सदस्य विषमलाल अधिकारी दनुवार, प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवली, जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुईटेल , उधोग वाणिज्य संघका अध्यक्ष सानुकाजी श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष श्यामहरी अधिकारी, रेडियो सिन्धुलीगढीका स्टेशन म्यानेजर तथा प्रेश चौतारीका केन्द्रिय सदस्य द्धारिका काफ्ले, रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरे लगाएत एमाले कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।


Related

स्थानिय 455904326804689572

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item