सिन्धुलीमा एक वर्षमा १ सय ८५ विकास योजना सम्पन्न


चीना थापा, सिन्धुली,साउन ७ । 

सिन्धुलीको कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०६८/०६९ मा १ सय ८५ वटा विकास योजना सम्पन्न गरेको छ । चार करोड ६५ लाख ११ हजारको लागतमा यी विकास निर्माणका योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको अनुदान, स्थानिय विकास अनुदान, कृषि सडक सहयोग कार्यक्रम र जगेडा कोषबाट उपलब्ध बजेटले यि योजना सम्पन्न भएको नगरपालिकाका योजना शाखा प्रमुख तथा सूचना अधिकारी बिनोदबाबु खकुरालले बताउनुभयो ।

 सम्पन्न विकास योजनाहरु मध्ये खानेपानी योजना ४७ वटा, सडक निर्माणका योजना ७३ वटा, विद्यालय भवन निर्माण १५ वटा, प्रतिक्षालय निर्माण ४ वटा,नदी नियन्त्रणका योजना २ वटा र बाँकी अन्य योजनाहरु रहेको उहाँले जानकारी दिनुभयो ।

Related

स्थानिय 5938273845594245814

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item