भारतद्वारा श्रीलंका २१ रनले पराजित

http://sindhulidarpan.blogspot.com/2012/07/sports_22.html
काठमाण्डौ,साउन ७ ।
गएराति श्रीलंकाको महेन्द्रा राजपाक्षे अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको श्रीलंका र भारत बिचको पहिलो एक दिवसिय क्रिकेट खेलमा भारतले श्रीलंकालाई २१ रनले पराजित गरेको छ । टस जिती पहिले बल्लेबाजी गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।
भारतको तर्फबाट विराट कोहलीले १ सय ६ तथा विरेन्द्र सहवागले ९६ रन बनाएका थिए । जवाफमा बल्लेबाजी गर्न आएका श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ९३ रन मात्र बनाउन सफल भएका थिए । श्रीलंकाका तर्फबाट कुमार संगकाराले १ सय ३३ को योगदान दिएका थिए । खेलका म्यान अफ द मैच विराट कोहलीलाई प्रदान गरिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !