अनेरास्ववीयुले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझायो
http://sindhulidarpan.blogspot.com/2012/07/news_5083.html
सुरेश बिडारी, सर्लाही,साउन ७ ।
सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववीयु क्याम्पस कमिटिले क्याम्पस प्रशासनसंग विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववीयु क्याम्पस कमिटी अध्यक्ष टेष्ट राज भण्डारीको अगुवाईमा संगठनमा आवद्ध विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
सहायक क्याम्पस प्रमुख दीपक पोखरेल समक्ष बुझाएको ज्ञापन पत्रमा आउँदै गरेको स्नातक तह प्रथम वर्षको परीक्षामा होम सेन्टरको व्यवस्था हुनुपर्ने, लामो समयदेखि सञ्चालन नभएको अतिरिक्त क्रियाकलाप हुनुपर्ने, इङ्लिस ल्याङ्गवेज कक्षा सञ्चालन लगायतका विविध माग समेटिएको छ । ज्ञापनपत्र बुझ्दै सहायक क्याम्पस प्रमुख पोखरेलले विद्यार्थीहरुको माग सकारात्मक रहेकोले क्याम्पस प्रशासन माग प्रति गम्भीर रहने बताउनुभएको अनेरास्ववीयुले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !