फ्रान्समा भएको अन्तर्राष्ट्रिय पर्वमा नेपाल प्रमुख आकर्षण
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_6068.html
ददि सापकोटा/जेठ १६
फ्रान्सको लियों शहरमा यहि मे २८ का दिन भएको अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा नेपाल प्रमुख आकर्षण रह्यो । पर्वमा करिब ४३ भन्दा बढि देशकाले आआफ्नो देशको कला, संस्क्रिति, प्राक्रितिक सांस्क्रितिक सम्पदाको प्रदर्शन गरेका थिए । लाखौँ दर्शकहरुले अवलोकन गरेको यस पर्वमा सबैभन्दा बढि अवलोकन नेपालको गरेका हुन् ।
पेरिसबाट करिब ५ सय किलोमिटर दक्षिणमा रहेको लियों शहरमा भएको यो पर्वमा नेपालको तर्फबाट फ्रान्सेली किशोरीहरुले साकेला न्रित्य देखाएका थिए जुन पर्वमा विशेष आकर्षणको विषय बन्यो । यो न्रित्य फ्रान्सेलीलाई सिकाउने काम नीता श्रेष्ठले गरेकि थि इन् । नेपालको तर्फबाट काठमाडौं की जिवित देवी कुमारी र बज्रयोगिनी निकाल्नुको साथै लाखे न्रित्य देखाइ एको थियो । स्थानिय नेपालप्रेमी सिल्भियन दलानोयलका परिवारले निर्माण गरेको काठको मन्दिर अर्को विशेष आकर्षण बनेको थियो ।
फ्रान्सेली महिलाहरु तामाङ, मगर, गुरुङ, राइ लगायतका बिभिन्न भेषभुषामा सजिएका थिए । नेपालको मन्दिरमा झै झल्लरले सजिएको स्टलमा नेपालको क्रिषी, ससंक्रिति र चाड पर्व झल्किने वस्तुका साथै पर्यटकिय र सांस्क्रितिकआकर्षणका तस्विर, पोस्टकार्ड, बुकलेट लगायतका जानकारीहरु बाँडिएको थियो । नेपाल जाने बुझेका नेपालप्रेमी फ्रान्सेली र नेपालका स्थानिय मित्रहरु स्वयं नेपालकोलागि खटेकाले र कार्यक्रम भएको लियों शहरस्थित सोले इ भेर संस्था स्वयं अलगिपरेकाले पनि नेपालको प्रदर्शनी विशेष भएको हो । नेपालको मन्दिर, कोमारी, बज्रयोगीनी, नेपालको झण्डा, विविध जात र जाति झल्काउने ब्यानर, लाखे न्रित्य, फ्रान्सेली किशोरीहरुले देखाएको साकेला नाच, खैंचडी, डम्फू लगायतको बाजा र संगितसहित शहरको मुटुमा एक घण्टा भएको प्रदर्शनीपछि नेपालको स्टलमा नेपालबारे जिज्ञासा राख्नेहरुको भिड लागेको थियो । आयोजकहरुका अनुसार यस वर्षको प्रमुख आकर्षण नै नेपाल रह्यो । मञ्चमा दुई वटा न्रित्य देखाउन बोलाएका कार्यक्रम आयोजकले सगरमाथाको देश भएकाले कार्यक्रमपनि त्यत्तिकै उचाइको गरेको प्रतिक्रिया दिएका थिए ।
नेपाललाई र्यालीको सबैभन्दा अग्रिम भागमा राख्न सफल भएकालेपनि दर्शकहरु को संख्या नेपालतिर बढि भएको थियो । फ्रान्सेली महिलाहरुले साकेला नाच्दा बाटोको दायाँ बायाँ थुप्रै दर्शकहरु नाचिरहेका थिए । सांस्क्रितिक टोलीले शहर प्रदर्शन गरिसकेपछि नेपालबारे जान्न स्टलमा आएका दर्शकहरुलाई जानकारी दिन हम्मे हम्मे परेको थियो ।
कार्यक्रममा सहभागि हुने बेला देखि अन्त्यसम्म सक्रिय रहेका दुतावासका मिनिस्टर काउन्सिलर जिवन प्रकाश श्रेष्ठले यो कार्यक्रमबाट हजारौं हजार ले नेपालबारे जानकारी लिएको प्रतिक्रिया दिए । नेपालप्रेमी फ्रान्सेली मित्रहरुको सहयोग बिना यस्तो कार्यक्रम नेपाल एक्लैले गर्न नसक्ने बताउँदै उनले भने- बिदेशमा छरिएका नेपाली र नेपालप्रेमीको सहयोग लिएर यूरोपभरी यस्ता कार्यक्रम गर्नुपर्ने बताए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !