नजन्मदै जेलमा


सिन्धुली दर्पण/जेठ १६


नजन्मदै जेलमा भन्ने सुन्दा धेरैलाई अचम्म लाग्ला नजन्मदै पनि कोहि जेलमा पर्छ भनेर तर सत्य यहि हो । सिन्धुली जिल्लाको कारागारमा ककुरठाकुर गाबिस वडा नं ८ कालिखोलाकि एक बालिका जन्मनुभन्दा २ महिना अघिबाट जेल जिवन बिताईरहेकि छिन् । उनकि २२ बर्षिय आमा यम कुमारि कार्की ज्यान मारेको अभियोगमा २०६५ पुसमा जेलमा परेपछि गर्भमा रहेकि अर्पणा कार्कि आमासँगै जेलमा परेकि हुन् । २०६५ फागुन ३ गते जन्मेकि अर्पणाका लागि जेल नै घर बनेको छ । तारबार भित्रको सानो कोठामा उनि आफ्नी आमासँगै ७ जना आमासँग बसिरहेकि छिन् । उनलाई जिल्ला कारागारमा जेल जिबन बिताईरहेका महिलाहरुले घर भएको ठाऊ  उनको नाम ममिको नाम लगायतका कुराहरु त सिकाउछन् तर तारजाली छोडेर बाहिर संसार हेर्न भने उनले पाएकि छैनन । आमाको गर्भमा नै जेलको चिसो छिडिमा दिन बिताउन बाध्य अर्पणाले तोते बोलिमा डुल्न जान मन लागेको बताईन् । अर्पणाले जो भेट्न गएपनि उनिहरु बस्ने कोठामा भएको तारको जालीलाई समाएर नडराई यसरि नै प्रश्नको जवाफ दिने गर्छिन् । 
नानिको नाम के हो  ?
अस्रना अर्पणा
म सँग उता डुलि जाने नानी  ?
जाने । 
ममि भएको ठाउमा आउने कि नआउने  ?
नआउने ।
घर कहाँ हो तिम्रो ?
कालिखोला ।
स्कुल जाने कि नजाने ?
जाने । 

तोतेबोलीमा उनिले दिएको जवाफले जो कोहिलाई पनि नतमस्तक बनाउने नै गर्छ । अर्पणा कोठामा बस्न मन पराउदिनन । बाहिर जाने भनेर सधै झगडा गर्ने गर्छिन । उनकि ममि यमकुमारि भन्द्धिन् बाहिर जान खोज्छे १ घण्टा कारागार बाहिर निस्किएपछि भित्र आउनै मान्दिन । कारागारमा आएको दई महिना पछि जिल्ला अस्पताल सिन्धुलीमा अर्पणाले जन्मेकि अर्पणाले बच्चाले पाउने स्याहार राम्रोसँग पाईनन । उनकि ममि यमकुमारिले पनि जेलमा के स्याहार पाउनु । उनका माईती र घरका कोहि पनि उनलाई त्यो बेलामा भेट्न समेत आएनन । सौताको बच्चालाई मारेको आरोपमा यमकुमारीलाई उनकि सासु सौता गिता र मामाससुराले मुद्धा दिएपछि उनि जेलमा आएकि हुन ।

छोरीलाई हेर्न उनका श्रीमान बिनोद कार्कि २ पटक कारागारमा आए पनि अर्पणालाई लगेका छैनन । जन्मनुबित्तिकै श्रीमानले लान खोजेपनि पठाउन सकिन  अहिले खोजी नै गरेका छैनन  यमकुमारिले भन्नुभयो । अहिले उनलाई कस्ौले लगेर पालिदिए पनि हुने भन्ने लागेको छ । अब सात बर्ष यमकुमारीले जेल जिबन बिताउदासम्म छोरीको पढाई बिग्रनेमा उनलाई चिन्ता लागेको छ । कसैले सहयोग गरेर पालिदिएमा पठाउने सुरमा छिन यमकुमारी । उनि भन्छिन जेलबाछ छुटेपछि त जसरि पनि पाल्थे । अहिले कसैले कसैले लगेु पालीदिए हुने । उनका अनुसार घरका मान्छेको डरका कारण अर्पणालाई मावलि परिवारले पनि लान सकेका छैनन ।  यमकुमारिले आफ्ना साईला भाई गणेश खत्रीले अर्पणालाई लान खोजेपनि जेल परिने डरले परिवारका अन्य सदस्यले लान नमानेको बताईन । 

जिल्ला कारागार कार्यालय सिनुधलीमा अर्कि बालिका पनि कारागारको दैनिक रासन खर्च १० रुपैया र १५० ग्राम  चामल खाएर सानो कोठामा दिन काटिरहेकि छिन् । महादेबस्थानकि फुलकुमारि बिक सौताको छोरा मारेको अभियोगमा कारागारका आउदा छोरीलाइृ पनि सँगै लिएर आएकि थिईन । फुलमायाकि तिन बर्षकी छोरी कल्पना बि क पनि आफ्नो रमाएर खेल्ने दिनहरु एउटा कोठामा बिताईइरहेकि छिन् । अढाई बर्षदेखि आमास्ाँग जेल जीबन बिताईरहेकि कल्पनालाई पनि उनका परिवारले खोजी गरेका छैनन। अब भने कल्पनालाई लिन आउने आशा श्रीमान किसानले देखाएका छन् । फोन गरेर लिन आउछु भनेको फुलमायाले बताईन । 
जिल्ला कारागराको सानेा गोदाम कोठामा ७ जना महिलाहरु ज्यान मार्ने मु द्धामा जेल परेका छन् । उनिहरुसँगै निर्दोष २ बालिकाले पनि जेल जिबन भोगेका छन् । बालबालिकालाइ लानका लागि उसका बुवा हजुरवाले निबेदन दिनुपर्छ तर कारागरामा रहेका ति बालिकालाई भने तिनका अभिभावकले चासो नदेखाउने  भेट्न नआउने र फोन समेत नगर्ने गरेकाले आमासँगै कारागारमा राख्नु परेको कारागार कार्यालयका प्रमुख कुलनाथ पोखरेलले बताए । पोखरेलका अनुसार कानुनले तोके बमोजिम ५ बर्ष मुनीका बालबालिकालाई दिने सासन पैसा र लुगाहरु दिने गरिएको छ । जिल्लाका मानबअधिकारकर्मिहरुको पनि त्यस तर्फ आखा पुगेको त्यति पाईदैन तर ती बालिकाले अभिभाबकले गरेको गल्तिको सजाय पाउनु उनीहरुप्रति गरिएको अन्याय भएको मानब अधिकार तथा सचेतना केन्द्र कि सचिब सुनिता ढकालले बताईन् । जिल्लामा बालगृह नभएको र सहयोग गर्ने संघसंस्था नभएकोले पनि उनीहरुले कारागारमा बस्नु परेको उनले बताईन ।

जिल्ला कारागरमा कैदि बन्दीहरुको चाप बढी भएका कारणले महिला कैदीहरुलाई बिगतको केहि बर्षदेखि कारागारको गोदाम घरमा राखिएको छ । महिलाहरुका लािग बनाईएको कोठामा पुरुष बन्दिहरु राखिएको छ तर पूरुगाहरुलाई पनि बस्न समस्सया भएपछि एक बर्षमा ३ पटक सम्म अन्य कारागार सरुवा गरिएको छ । अहिले सिन्धुली जिल्ला कारागारमा क्षमता २५ जना मात्र भएको कार्यालयले जनाएको छ । 

Related

समाज दर्पण 891684661922851847

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item