'न्याय नपाए आत्म हत्या गर्छु' : बिनिता बराल



 यहि जेष्ठ २३ गतेबाट छायाँकन गर्ने भनिएको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' बाट नायिकाको रूपमा डेब्यू गर्न लागेकी मोडल बिनिता बराल आफू अन्यायमा परेको भन्दै न्याय खोज्न सञ्चारमाध्यमको ढोका ढक्ढक्याउन पुगेकी छिन् । उनी भन्छिन्, 'म अन्यायमा परें मलाई न्याए दिलाईदिनुस् नत्र भने म आत्म हत्या गर्छु ।'

यसरी आत्म हत्या नै गर्ने गरी उनी माथी के अन्याय भएछ त ? पक्कै पनि चासोको बिषय बन्न सक्छ । कुरा सिधा नै छ । चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' कि निर्माता कृषा चौलागाईं र निर्देशक सबिर श्रेष्ठले छायाँकन शुरू हुन लागेको समयमा एकाएक चलचित्रबाट निकाली दिएछन् । एग्रिमेन्ट पेपरमा हस्ताक्षर भएको करिब एक महिना पछि आफूलाई सो चलचित्रबाट निकाल्दा बिनिता न्याय खोज्न थालेकी हुन् । चलचित्र उधोगमा एग्रिमेन्ट पेपरको महत्व नहुने रैछ भन्दै बिनिता भन्छिन्, 'यस्ता घटनाले गर्दा नै चलचित्र उधोगको बदनाम हुने गरेको छ ।'

चलचित्रको छायाँकन पूर्व गरिने सम्पूर्ण तयारी सकिएको अवस्थामा चलचित्रबाट निकाले पछि कस्को मन दुख्दैन र ? शारीरिक, मानसिक तथा भौतिक रूपमा अभिनयका लागि तयार भएकी बिनितालाई निकालेर अर्की नायिका राख्ने हल्ला चलेपछि बिनिता निर्माता र निर्देशक प्रति निकै आक्रोशित समेत बनेकी छिन् । उनी भन्छिन्, 'मैले बिन्ती गरेर चलचित्रमा खेल्छु भनेको पनि हैन । उहाँहरूले नै मलाई बोलाएर एग्रिमेन्ट गराउनु भएको हो । मलाई लाग्छ ममा कुनै कमजोरी छैन र पनि निकालियो । त्यसैले म न्याय खोज्दै हिंडेकी छु ।'

करिब ५० वटा म्युजिक भिडियो, दर्जनौं बिज्ञापन र केहि छोटा चलचित्रमा अभिनय गरिसकेकी बिनिताले आफू अन्यायमा परेकाले न्याय खोज्दै भोली चलचित्र कलाकार संघ पुग्ने भएकी छिन् ।  चलचित्र कलाकार संघको निर्णय बमोजिम उनले थप कदम पनि चाल्ने भएकी छिन् । फिल्मीखबरसँग कुरा गर्दै बिनिता भन्छिन्, 'मैले न्याए नपाएसम्म सुटिङ पनि हुन दिन्न ।' अग्रिमेन्ट गर्नुपूर्व अरू कुनै प्रोजेक्तटमा काम नगर्नु भनेकाले आएका कामहरू पनि छोडेको बताउँदै बिनिता भन्छिन्, 'मोडलिङ क्षेत्रमा छुट्टै पहिचान बनिसकेकाले चलचित्र क्षेत्रमा पनि राम्रो पहिचान बनाउँ कि भनेर आउन लागेकी थिएँ तर यो क्षेत्रले त नयाँ अनुहारलाई निरूत्साहित पार्दो रहेछ ।'

आखिरमा बिनितालाई निकाल्नुको कारण के त ? निर्माता कृषाको भनाईलाई उदृत गर्दै स्रोत भन्छ, 'फाईनान्सरले बिनिताको ठाउँमा नम्रतालाई राख्न भनेपछि हटाईएको हो  तर नम्रताले भने अझै केहि निर्णय दिएकी छैनन् ।' स्रोत थप्छ, 'हुनत दिप्ती गिरीको नाम पनि सिफारिसमा परेको छ तर को हुने हो अझै केहि टुंगो लागेको छैन ।' यता निर्देशक श्रेष्ठले भने बिनिताको कुरामा सहमत छैनन् । बिनितासँगको आपसी छलफलमा चलचित्रबाट निकाल्ने योजना बनाएको तर अझै निकालि नसकेको सबिरको भनाई छ । उनी भन्छन्, 'आईतवार अफिसमा बोलाएर सौहार्द वातावरणमा कुराकानी भएर उहाँ जानु भएको हो तर अहिले कस्ले उचालेर यसरी आवेशमा आउनु भएको केहि बुझ्न सकिएको छैन ।' सुटिङ अझै शुरू भईनसकेको भन्दै सबिर थप्छन्, 'उहाँले कुरा नबुझी हल्ला गर्नु भएको छ यस्तो हल्ला गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।'


source:-फिल्मीखबर, 

Related

मनोरञ्जन 265749700692518647

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item