सिन्धुलीमा द्धन्दपिडीतलाई राहत वितरण


सिन्धुली दर्पण/जेठ १८

शसस्त्र द्धन्दका वेला विस्तापीत भएका अमले गाँउ विकास समिती-३ सिम्लेका ८ जन द्धन्द पिडीतहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राहत वितरण गरेको छ । स्थानिय शान्ति समितीको सिफारिसमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयवाट द्धन्द पिडीतहरुलाई प्राप्त भएको रकम प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले राहत स्वरुप वितरण गरेका हुन् । 

शान्ति तथा पुननिर्माण मन्त्रालयवाट द्धन्द पिडीतको लागी आएको सो रकम अमेलका गाविसको सिम्लेका द्धन्द  पिडीतहरुले प्राप्त गरेका छन् । द्धन्दको समयमा राज्य पक्षको दमनवााट घर वस्न नसकेका अमले-३ का नवराज विश्वकर्माले ४९ हजारराता विश्वकर्माले ३८ हजारलोकनाथ देवकोटाले ४७ हजारसुर्य प्रसाद गौतमले २७ हजारमैया विश्वकर्माले ४१ हजारदिनेश विश्वकर्माले ४६ हजार लिलानाथ देवकोटाले ४९ हजार पाएका छन् । जिल्ला प्रशासन कर्यालयले वितरण गरको ४९ हजारको चेक वुझे पछि नवराज विश्वकर्माले भने मेरो माग दावी ४ लाख थियो । सरकारले द्धन्द पिडीहरुलाई थोरै रकम  दिए पनि हामीलाई सम्झीयो त्यो नै ठुलो कुरा भएको भन्दै नवराजले खुसी व्यक्त गर्नुभयो । 

नवराजसँगै अमलेवाट द्धन्द पिडितको राहत लिन आएकी तारा विश्वकर्माले आफुले माग दावी अनुसारको रकम सरकारले नदिएको वताउनुभयो । ०५५ साल देखी राज्य पक्षवाट विस्तापीत भएर अन्यत्र वस्दै आएका थियौं ताराले आफ्नो घर छाड्नु पर्दाको पिडा व्यक्त गर्नुभयो । द्धन्द पिडीतहरुलाई राज्यले सहयोग गर्ने तिनी अन्र्तरगत अमलेका द्धन्द पिडीत विस्तापितहरुले राहत स्वरुप आर्थिक सहयोग पाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले वताउनुभयो । द्धन्दकालमा जिल्लाको ५३ गाविस मध्ये सवै भन्दा वढी द्धन्द प्रभावित गाविस अमलेलाई नमुना गाँउ विकास समितीको रुपमा विकास गर्न लागीएको सो अवसरमा प्रजिअ भण्डारीले जानकारी दिनुभयो । अमलेलाई नमुना गाविस वनाउन विस्तापित भएकाहरुलाई पुनःस्थापना कार्यक्रम लागु गर्नेविकास निर्माणका योजनाहरु शिक्षास्वाथ्यखानेपानीलाई प्याकेजमा ल्यैजाने तयारी भैरहेको प्रजिअ भण्डारीले वताउनुभयो ।

Related

स्थानिय 8389389017352185011

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item