फोरम नेपालका कार्यकर्ताहरु अन्यौलमा
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_01.html
गणतान्त्रिक फोरममा तत्काल प्रवेश नगर्ने
साजय कुमार विश्वकर्मा/सिरहा/जेठ १८
मधेशी जनअधिकार फोरम नेपालको हालै केन्द्रमा विभाजन भएपछि सप्तरीका नेता कार्यकर्ताहरु अन्यौलमा परेका छन् । संविधान सभाको म्याद थप्नु अघि जेष्ठको पहिलो हप्तामा मधेशी जनअधिकार फोरम नेपाल पुनः विभाजीत भएको थियो । फोरमका सह अध्यक्ष जय प्रकाश प्रसाद गुप्ताले पार्टीका १३ जना सभासद्लाई अलग गरी मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिक स्थापना गरेका थिए । फोरम अध्यक्ष उपेन्द्र यादव एमाओवादीको पुच्छर बनेर सरकारमा सहभागी बनेको र वर्तमान सत्तासीन गठबन्धनले संविधान सभाको म्याद थप गर्नदुई तिहाई पुर् याउन लागेको भन्दै सह अध्यक्ष गुप्ताको नेतृत्वमा फोरम पुनः विभाजीत भएको थियो । सप्तरीको क्षेत्र नं। २ बाट निर्वाचित सभासद गुप्ताको नेतृत्वमा फोरम विभाजीत भएपछि सप्तरी फोरममा पनि विभाजन आउने संभावना बढेको थियो ।
तर केन्द्र स्तरमा विभाजन भएको एक साता विती सक्दा पनि सप्तरी फोरममा हालसम्म कुनै विभाजन नआएको फोरम श्रोतले जनाएको छ । फोरम अध्यक्ष यादवको व्यवहारसँग अंसतुष्ट बनेको सह अध्यक्ष गुप्ताको नेतृत्वमा पार्टी विभाजन भएपछि सप्तरीका नेता कार्यकर्ताहरु पनि तत्कालै विभाजीत हुने संभावना रहेको थियो । केन्द्र स्तरमा विभाजन भएको एक साता विति सक्दा पनि सप्तरीमा विभाजन नहुनुले जिल्ला स्तरीय नेता कार्यकर्तामा अन्यौलता रहेको तथ्यलाई पुष्टि गरी रहेको फोरमका प्रभावशाली नेताले बताए । फोरम गणतान्त्रिकका अध्यक्ष गुप्ताको पकड सप्तरीको नेता कार्यकर्तामा निकै रहेको र उहाँका शुभ चिन्तक हितैषीहरु तत्काल पार्टी विभाजन गर्ने मनस्थितिमा रहेको बताईएको छ ।
तर ती नेता कार्यकर्ताहरु संस्थापन समुहलाई निरिह बनाउने हिसाबले पार्टी संगठन विभाजन गर्न खोजेकाले ढिलाई हुँदै गएको र पटक-पटक वार्ता तथा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकिएको श्रोतको भनाई छ । संविधान सभाको निर्वाचनमा सशक्त मधेशवादी पार्टीको रुपमा स्थापित मधेशी जनअधिकार फोरम नेपालको गत वर्ष विभाजन हुँदा करिव पचास प्रतिशत जति कार्यकर्ताहरु विभाजीत मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकमा प्रवेश गरी सकेका छन् । गत वर्षको विभाजन पश्चात ठूलो आघात पुगेको मधेशी जनअधिकार फोरम नेपाल सप्तरीमा पुनः ठूलो झटका लाग्ने संभावना रहेको बताइएको छ । फोरम गणतान्त्रिकमा पनि प्रवेश गर्ने नेता कार्यकर्ताहरुको संख्या निकै हुने संभावना रहेको र तर ती नेता कार्याकर्ताहरुले पार्टी परित्याग गरेमा फोरम नेपालको सांगठनिक अवस्था निकै कमजोर हुँदै जाने निश्चित छ । फोरम नेपाल सप्तरीमा आवद्ध नेता कार्यकर्ताहरु अहिले पार्टी विभाजन गर्ने वा नगर्ने नव गठित गणतान्त्रिक पार्टीमा कुन हिसाबले जाने र विभाजीत पार्टीमा गए राजनीतिक भविष्य के हुने आदि बारे अहिले गहन छलफल गरी रहेको तथा मंगलबारसम्मा कुनै टुँगोमा पुग्न नसकेको बताइएको छ ।
श्रोतका अनुसार गणतान्त्रिक फोरमका अध्यक्ष गुप्तासँग विशेष नजीक रहेका फोरमका नेता कार्यकर्ताहरु पार्टी विभाजनका लागि खुलैर लागेपनि आम नेता कार्यकर्ताहरु तत्काल केही निर्णय नगर्ने मनस्थितिमा रहेका छन् । पार्टी विभाजन हुने र गणतान्त्रिकमा नेता कार्यकर्ताहरु गए फोरम नेपालको अवस्था के हुने बारे मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका कावा अध्यक्ष शैलेन्द्र प्रसाद साहसँग सम्पर्क गर्दा उहाँले यस विषयमा कुनै पनि निर्णय नभएको बताउनु भयो । केन्द्रमा पार्टी विभाजीत भएपछि नेता कार्यकर्ताहरु पटक-पटक छलफल गरेपनि कुनै निष्कर्षमा पुग्न नसकेको र तत्काल केही भन्न सकिने अवस्था नरहेको जानकारी दिनु भयो । कावा अध्यक्ष साहले पार्टीका नेतृत्ववर्ग पार्टी विभाजनको पक्षमा नरहेको र संस्थापन समुहसँग तत्काल छुटिने संभावना पनि नरहेको बताउनु भयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !