चमत्कारिक प्रविधिको विकास, रातमा बल्ने, दिउँसो आफै निभ्ने


 - लोग्शरी कुँवर 

नेपालमा भइएरहेको विद्युत् चुहावट नियन्त्रण गर्न सक्ने प्रविधिको आविष्कार गर्न सफल भएका छन् कैलाली पहलमानपुरका एक युवक ।

कैलालीको पहलमानपुर-१ का ठाकुरप्रसाद पौडेल र मेनका पौडेलका छोरा १७ वर्षीय सुमन पौडेलले कक्षा ६ मा पढ्दादेखिनै सो प्रविधिको खोजीमा लागिरहेका थिए । बजार क्षेत्रमा सडक बत्ती दिउँसो पनि कहीँ कतै बलेको देख्ने गरेकाले रातिको समयमा बत्ति बल्ने र दिउँसोको समयमा सो बत्ती निभ्नसक्ने प्रविधि के हुन सक्छ - भन्ने कुरा मनमा उब्जिएपछि आफूले यो प्रविधिको खोजी कक्षा ६ मा पढ्दादेखि नै गरेको सुमनले बताए ।

गाउँ घरमा बिगे्रका टर्चलाइट टिभी, रेडियो, आदिका पाटपुर्जाहरू संकलन गरेर टुकीमारा बत्तीको माध्यमबाट सो प्रविधिको खोजी गरेको सुमनले बताएका छन् । उनले २ हप्ता लगाएर तयार पारेको सो प्रविधिका लागि केवल २ सय पचास रुपैयाँमात्र खर्च लागेको जानकारी दिए । पहलमानपुरस्थित बुबाआमाले सञ्चालन गरेको कोशी होटलको माथिल्लो तलाको बाहिर पट्टी आँगनमा रातिको समयमा उज्यालो पर्ने गरी उनले एउटा चिमसमेत तयार पारेका छन् । सो चिम दिउँसो बन्द हुन्छ भने रातिको समयमा आफै बल्ने गर्दछ ।

उनले एउटा चिमका लागि सो प्रविधिबाट बत्ती स्वचालित रूपमा बन्द र चल्ने बनाउनका लागि १२ भोल्टको ट्रान्सफर्मर, ५५८ बिसीको ट्रान्जिस्टर, १२ भोल्टको रिले र एलडिआर -जसको माध्यमबाट घाम छ वा छाँया भन्नेबारेमा सेन्स पत्ता लगाउने गर्छ) लगायतका उपकरणहरू आवश्यक पर्ने गरेको पनि जानकारी दिएका छन् ।

नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा डिप्लोमा इन इलेक्ट्रोनिकल इन्जिनियरिङ प्रथम वर्षमा अध्यनरत सुमनले सो प्रविधिका लागि भारतको बहराइचबाट सामाग्रीहरू लिएर उपकरण निमाण गरेको बताए । ठूलो परिमाणका लागि धेरै परिमाणमा उपकरणहरूको आवश्यकता पर्नसक्ने भए पनि एक बत्तीसम्मका लागि २ सय पचास रुपयाँ भयो भने सो प्रविधिबाट काम चलाउन सकिने सुमनको भनाइ छ ।

सानैदेखि गाँउ घरमा कसैका टिभी, रेडियो, टर्चलाइट आदि ब्रि्रेको खण्डमा सहजै मर्मत गरिदिने प्रतिभा भएका सुमनलाइ पहलमानपुरका मानिसहरूले बाल वैज्ञानिक भनेर बोलाउने गरेको पनि उनकी आमा मेनका पौडेलले बताइन् । घरबाट विद्यालय जानेवेलामा खाजा खानु भनेर दिएको पैसासमेत नखाएर जम्मा गरेर बिजुलीको तार, चिम, टर्चलाइटका ब्याट्री आदि खरिद गरेर सो काममा अहोरात्र लागि पर्ने सुमनको बानी रहेको आमा मेनकाले बताइन् ।

त्यसका अलावा सुमनले तामाको तारबाट घरको प्रवेशद्वारमा कसैले नदेखिनेगरी तामाको तार र बिजुलीको तार जडान गरेर घरभित्र आपतकालीन बत्ती बल्ने प्रविधिको समेत विकास गरेका छन् । सो प्रविधिबाट राति घरमा चोर पसेको थाहा पाउन सकिने पनि सुमनले बताए । घरभित्र कोही छिर्न थाल्यो भने अचानक रातो बत्ती बल्ने र त्यसबाट सहजै कोही आएको थाहा पाउन सकिने तर घरभित्र प्रवेश गर्ने व्यक्तिलाई भने सो सम्बन्धमा कुनै पनि थाहा नहुने खालको प्रविधि पनि आफूले तयार गरेको सुमनले बताए ।

यसका साथै घरमा मोटरको माध्यमबाट ट्यांकीमा पानी पुर्यािउनेहरूका लागि मोटर बन्द गर्नुपर्ने वा पानी भरिए नभरिएबारे झन्झट नै नहोस् भन्नका लागि सुमनले पानी भरिएपछि पानी नछचल्किने अटोमेटिक प्रविधि पनि निर्माण गरिरहेको बताए । सो प्रविधि चाँडै नै सार्वजनिक गर्ने उनले बताए । विद्युत चुहावट र खानेपानीको खपतलाई सुरक्षा प्रदान गर्नका लागि सहज होस् भन्नका लागि आफूले निर्माण गर्न लागेको र निर्माण गरिसकेको प्रविधि उपयुक्त रहेको सुमनको भनाइ छ ।
 

Related

प्रविधि 8574035607334697239

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item