सिन्धुलीमा विकास निर्माणका काममा महिला अघि वढ्दै



सिन्धुली दर्पण/जेठ १८
सिन्धुलीको वेलघारी स्थित रातमाटा वाट नेपालेशिखर सम्म मोटरवाटो निर्माण कार्य सम्पन्न भएको छ । भाग्यश्वरी महिला वचत तथा क्रण सहकारी सस्था लिमीटेड र महिला विकास कार्यालय सिन्धुलीको सम्झौता अनुसार वाटो निर्माण कार्य सम्पन्न भएको हो । 

महिला विकास कार्यालय सिन्धुलीले अनुदान स्वरुप  ६ लाख ५५ हजार४५० र महिलाहरुको श्रमदान स्वरुप २ लाख ३४ हजार ७७२ रुपैया वरावरको आर्थिक सहयोगमा उक्त वाटो निर्माण भएको हो । साथै उक्त सस्थाले वेलघारी ४ जिर्गाहा दोभान देखी हात्तिसार हुदै ट्याम्केसम्म  २ लाखको अनुदानमा गामि्रण सडक निर्माण पनी गरेको छ भने १४ लाखको लागतमा २ तले पक्की  भवन समेत निर्माण गरेको छ ।
८६० जना महिलाहरु आवद्ध भाग्यश्वरी महिला वचत तथा क्रण सहकारी सस्थाले सामाजिक विकास निर्माणका काम मात्र नभई आयमुलक कार्यक्रम संचालनखानेपानी सिचाईनदि नियन्त्रण  चरिचरण वन्द अभियानजाडरक्सी जुवातास नियन्त्रण लगायत सामाजिक जनचेतनामुलक कार्यक्रम गदै आएको सस्थाकी अध्यक्ष वावा कुमारी दाहालले जानकारी दिनुभयो । 

Related

स्थानिय 1448021090861357867

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item