पर्यटक अपहरणमा संलग्न पक्राउ


सिन्धुली दर्पण/जेठ १८

चारदिन अघि काठमाडौंको पर्यटकीय केन्द्र ठमेलबाट एक अमेरिकी पर्यटकलाई अपहरण गर्ने मध्येका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ धुम्बाराहीका महेशजङ कार्की रहेको उच्च प्रहरी स्रोतले जनाएको छ । कार्कीको साथबाट पर्यटक जोनको लुटिएको मोवाइलसेट र क्यामेरासमेत बरामद गरिएको छ ।

कार्कीलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकाको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । प्रहरीले अपहरणमा नेपाली सेनाका एक बहालवाला उपसेनानीको पनि संलग्नता रहेको खुलासा गरेको छ । अमेरिकी नागरिक जोन रोबर्टलाई नेपाली सेनाका कर्मचारी बताउने दुई अपरिचित युवाले उनी बसेको ठमेलस्थित होटल ड्रीमबाट गत जेठ १४ गते राति अपहरण गरी हायात होटलमा राखेर १७ घण्टापछि फिरौति लिएर छोडेका थिए । अपहरणकारीले आफूहरु नेपाली सेनाको विशेष अनुसन्धान व्यूरोका सदस्य रहेको भन्दै औषध कारोबारीको आरोपमा नाटकीय तरिकाले भाडाको ट्याक्सीमा राखेर लगेका थिए । 

Related

विविध 1273772980635065216

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item