दरबार हत्याकाण्डको १० वर्ष


सिन्धुली दर्पण/जेठ १९

दरबार हत्याकाण्डको १० वर्ष पूरा भएको छ । जेठ १९ गते आजकै दिन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी हत्या गरिएको थियो । २०५८ साल जेठ १९ गते शुक्रबार राति भारदारी भोजमा युवराज दिपेन्द्रले नशा सेवन गरेर परिवारका सबै सदस्यलाई गोली हानी हत्या गरेको दाबी गरिँदै आएपनि हत्याका सम्वन्धमा सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन । 

राजपरिवारको हत्या भएको वीरेन्द्रको वंश नै नाश हुने गरी भएको दरबार हत्याकाण्डका सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरेपनि विश्वसनीय आधार नभएको नागरिकहरुको गुनासो छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्या युवराज दिपेन्द्र निराजन श्रुतिलगायतको हत्या भएको थियो । तर पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारलाई भने कुनै पनि क्षति पुगेको थिएन ।

Related

स्थानिय 3642642842198741062

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item