इच्छा बलियो भएपछि साधनस्रोतको अभावले रोक्दैन

विनय गुरागाई/काठमाण्डौ

२०४७ को परिवर्तनले दिएको अमुल्य उपहार हो जनताको हातमा सञ्चारमाध्यमको स्वामित्व । समुदायको अगुवाईमा सञ्चालन भएका रेडियोहरु जसलाई स्वतन्त्र रेडियो पनि भनेर चिनिन्छ, नेपालमा अहिले ३ सयको हाराहारीमा छन् । समुदायले समुदायको लागि चलाएका रेडियोहरु नागरिक पत्रकारिताका अनुपम नमूना हुन् भन्न सकिन्छ । यो तस्वीरमा आफ्नो शहरमा आफ्नै साथीभाई, गाउँलेले रेडियो सञ्चालन गरेको देखेपछि आफुलाई कार्यक्रम प्रस्तोता बनाउन आएका यि व्यक्ति कार्यक्रम सञ्चालन गर्दैछन् । 

यो रेडियोमा माइकहरु राख्ने टेवल छैन, टेलिफोन हाइब्रीड नभएकोले फोन सेटबाटै प्रस्तोताले श्रोतासँग अन्तरक्रिया गर्छन् । आहा, कस्तो उत्साह । रेडियो समाद लाहानमा मैले यो तस्वीर सन् २००८ को अप्रील ताका खिचेको थिएँ । यहाँ बालिरहेका प्रस्तोको नाम बिर्से । 

माफी चाहान्छु । यो रेडियो बिभिन्न हण्डर पार गर्दै अहिले लाहनको प्रभावकारी रेडियो सावीत भएको छ । इच्छा बलियो भएपछि साधनस्रोतको अभावले रोक्दैन । यस्तै शक्तिशाली इच्छा भएका प्रशस्त नागरिकहरु हिजो रेडियो नेपालको एकछत्र रजाईमा आफुलाई भेट्दैनथे, रेडियोमा बोल्ने सपनालाई सिंहदरवारको तारबार, बन्दुकले रोकेको थियो, तर अहिले त्यो कुरा इतिहास भयो । रुपान्तरणको यस्तो पक्षलाई नकारात्मक कुराहरुको प्रचारप्रसारले ओझेलमा नपारौ ।

Related

विचाररसाहित्य 9012775150608368258

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item