कवाडी सामान खरिद गर्न उद्योग वाणिज्य संघले नदिने
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_2634.html
सिन्धुली दर्पण/जेठ १८
सिन्धुली उद्योग वाणिज्य संघले वजारमा टेलिफोन विजुली लगायत तारजन्य कवाडी सामानहरु खरिद विक्री गर्न नदिने निर्णय गरेको छ ।
वुधवार वसेको संघको वैठकले यस्ता सामान खरिद विक्री गर्न नदिने र यस्ता सामान विक्री गर्न ल्याएको थाहा पाएमा प्रहरीलाइ खवर गर्ने समेत निर्णय गरेको छ । सिन्धुलीका विभिन्न ठाउँहरुमा तार चोरिएपछि सिन्धुली उद्योग वाणिज्य संघले यस्तो निर्णय गरेको हो ।
केहि दिन अघि टेलिफोनको तारसहित सिन्धुलीमै एक कवाडी विक्री वितरण गर्ने व्यापारीलाइ प्रहरीले पक्राउ गरेको थियो । व्यापारीहरुले वजारमा विभिन्न समस्या भोग्नु नपरोस भनि यस्तो निर्णय गरेको सिन्धुली उद्योग वाणिज्या संघका अध्यक्ष मिन वहादुर श्रेष्ठले वताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !