बजारमा नक्कली उपयोग्य समानहरुको बिगबिगी
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_1792.html
सिन्धुली दर्पण/जेठ १९
देशमा संविधान निर्माण हुन नसकी संबिधानको म्याद पटक पटक थपेर राजनैतिक अन्यौलता जारी रहेको बिधमान अबस्थामा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा भने स्थानीय उपभोक्ताहरुले दैनिक रुपमा उपभोग गर्ने नक्कली उपयोग्य समानहरुको बिगबिगी हुन थालेको छ । उपभोक्ताहरुले उपभोग गर्ने दालखानेतेल रक्सीसाबुन सरफ मंजनखैनीपरागगुटकाचाउचाउ लगाएत महिलाहरुले प्रयोग गर्ने कस्मेटिकका विभिन्न सर-सामानहरु सक्कली भन्दा नक्कलीकै सख्या स्थानीय बजारमा बढी भएको स्थानीय कमलामाई-६ की उपभोक्ता शारदा सर्माले बताईन ।
उनका अनुसार स्थानीय व्यापारीहरुले उपभेक्ताहरुलाई सक्कलीको मूल्य लियर नक्कली सर-सामानहरु बिक्री-वितरण गर्दै आएका छन् । सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा प्रायजसो ग्रामिण भेगबाट सर-सामानहरु खरिद गर्न उपभोक्ताहरु आउने र उनीहरुले सक्कली र नक्कली समेत छुट्याउन नसक्ने भएकाले स्थानीय व्यापारीहरुले सक्कली सर-सामानहरु भनेर नक्कली भिडाउने गरेको स्थानीय शान्तेश्वरीका नारायण कर्माचार्यले गुनासो गरे । यतिबेला सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रका उभोक्ताहरु वर्षायामभरीलाई आबस्यक पर्ने सर-सामानहरु खरिद गर्न सदरमुकाम स्निधुलीमाडीमा आउने क्रममा तिव्रता आएको छ । यही मौकामा स्थानीय व्यापारीहरले भने कमसल र गुणस्तरहीन सर-सामानहरु आयात गरी विक्री-वितरण गर्ने कामलाई तिब्रता दिएको अर्का उपभोक्ता मिन आचार्यले गुनासो गरिन् ।
स्थानीय व्यापारी सोभित साहले भने सिन्धुलीमाडीमा सक्कली भन्दा नक्कली सर-सामानहरुको बिक्री-वितरण बढी हुनॆ भएकाले आफूहरुले पसलमा सक्कली संगै नक्कली सर-समानहरु समेत बिक्री-वितरणमा राख्ने गरेको बताए । यस कार्यले व्यापारीहरुले गुणस्तरीय सर-सामानहरुको बिक्री-वितरण गरेर विधमान संक्रमणकालमै व्यापक रुपमा कमाई गर्ने धन्दालाई प्रश्रय दिएको देखिएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा केही समय यता उपभोक्ता हित सरक्षण मंचले समेत बजार अनुगमन नगरेको अवस्थामा बजारमा नक्कली उपयोग्य समानहरुको बिगबिगी बढेको देखिन्छ । स्थानीय उपभोक्तामा सचेतता नभएको खण्डमा गुणस्तरहीन र नककली उपभोग्य सर-सामग्रीहरुको प्रयोगले मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने स्थिति टडकारो रुपमा पैदा भएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !