गौमती उमाविद्धारा कविन्द्रजगं छात्रवृत्ति वितरण


सिन्धुली दर्पण/जेठ १९
गौमती  उच्चमाध्यामिक विद्यालयले आज कविन्द्रजंग छात्रवृत्ति कार्यक्रम सम्पन्न गरेको छ । छात्रवृत्ति विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई वितरण गरिएको हॊ । स्वर्गिय कविन्द्रजंग थापाको छैटौ स्मृति दिवसको अवसरमा विद्यालयमा अध्ययनरत गरिव तथा जेहनदार १४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । 

स्वर्गिय थापाका पिता लाल वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक गोकर्ण वहादुर थापा प्रधानाध्यापक दिलवहादुर कटुवाल लागएतले मन्तव्य व्यक्त राख्नुभएको थियो । कार्यक्रममा २०६७ सालको प्रवेशिका परिक्षामा जिल्ला प्रथम हुने मुकेश गुप्तालाई नगद रु २ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । छात्रवृत्ति पाउने अन्यमा रगुन खत्रीआर्जु तामाङ्गसंजय तामाङ्गसंगिता भुजेलअन्जु श्रेष्ठसुमन श्रेष्ठसपना थापासितादेवी श्रेष्ठशिषिर कार्कीरुद्र वहादुर घिसिङ्गमिनवहादुर श्रेष्ठविमला थापामगर हिमाल खपाङ्गी र मनिका पोखरेललाई जनही १ हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ ।  

Related

स्थानिय 7398585483550561379

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item