द्धन्द्धपिडित वालवालिकालाई १९ हजार प्रदान
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_5749.html
सिन्धुली दर्पण/जेठ १९
स्थानीय शान्ति समितिले जिल्लामा राखिएका द्वन्द्व पिडित वालवालिकाका लागि १९ हजार रुपैया प्रदान गरेको छ । स्थानीय शान्ति समितिले वार्षिक कार्यक्रममा समावेश गरि पठाएको रकम सरकारले उपलव्ध गराए पछि सो रकम जिल्ला वालकल्याण समितिलाई हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रसाशन कार्यालयमा उक्त रकम प्रमुख जिल्ला अधिकारी जितेन्द्र वहादुर भण्डारी र स्थानीय शान्ति समितिका संयोजक उज्ज्वल प्रसाद वरालले जिल्ला वालकल्याण समितिका सचिव रामवहादुर हायु र वाल आश्रम गृहका कृष्ण उप्रेतिलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको थियो ।
यस अघि शसस्त्र द्धन्दका वेला विस्थापित भएका अमले गाँउ विकास समिती-३ सिम्लेका ८ जन द्धन्द पिडीतहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राहत वितरण गरेको थियो । स्थानिय शान्ति समितीको सिफारिसमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयवाट द्धन्द पिडीतहरुलाई प्राप्त भएको रकम अमलॆ गाविस सिम्लेका द्धन्द पिडीतहरुले प्राप्त गरेका हुन । द्धन्दको समयमा राज्य पक्षको दमनवाट घर वस्न नसकेका अमले-३ का नवराज विश्वकर्माले ४९ हजार रिता विश्वकर्माले ३८ हजार लोकनाथ देवकोटाले ४७ हजार सुर्य प्रसाद गौतमले २७ हजार मैया विश्वकर्माले ४१ हजार दिनेश विश्वकर्माले ४६ हजार र लिलानाथ देवकोटाले ४९ हजार पाएका छन् ।
अमले गाविसमा पनी आठ द्धन्द्धपिडितलाई रकम वितरण
शसस्त्र द्धन्दका वेला विस्थापित भएका अमले गाँउ विकास समिती-३ सिम्लेका ८ जन द्धन्द पिडीतहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राहत वितरण गरेको छ । स्थानिय शान्ति समितीको सिफारिसमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयवाट द्धन्द पिडीतहरुलाई प्राप्त भएको रकम प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले राहत स्वरुप वितरण गर्नुभएको हो ।
शान्ति तथा पुननिर्माण मन्त्रालयवाट द्धन्द पिडीतको लागी आएको सो रकम अमेले गाविस सिम्लेका द्धन्द पिडीतहरुले प्राप्त गरेका छन् । द्धन्दको समयमा राज्य पक्षको दमनवाट घर वस्न नसकेका अमले-३ का नवराज विश्वकर्माले ४९ हजार रिता विश्वकर्माले ३८ हजार लोकनाथ देवकोटाले ४७ हजार सुर्य प्रसाद गौतमले २७ हजार मैया विश्वकर्माले ४१ हजार दिनेश विश्वकर्माले ४६ हजार र लिलानाथ देवकोटाले ४९ हजार पाएका छन् । द्धन्द पिडीतहरुलाई राज्यले सहयोग गर्ने निती अन्र्तरर्गत अमलेका द्धन्द पिडीत विस्तापितहरुले राहत स्वरुप आर्थिक सहयोग पाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले वताए ।
द्धन्दकालमा जिल्लाको ५३ गाविस मध्ये सवै भन्दा वढी द्धन्द प्रभावित गाविस अमलेलाई नमुना गाँउ विकास समितीको रुपमा विकास गर्न लागीएको उहाले जानकारी दिनुभयो । अमलेलाई नमुना गाविस वनाउन विस्तापित भएकाहरुलाई पुनःस्थापना कार्यक्रम लागु गर्नेविकास निर्माणका योजनाहरुलाई प्याकेजमा लैजाने तयारी भैरहेको समेत प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !