सिन्धुलीमा २५ प्रतिशत मतदाता घट्ने



विदुर पौडेल/जेठ १९
जिल्ला निर्वाचन कार्यालयले सिन्धुलीले यस वर्ष मतादाताको संख्यामा कमी आउने वताएको छ । जिल्लामा गत वर्षको तुलनामा २५ प्रतिशतले मतादाताको संख्यामा कमी आउने  कार्यालयले वताएको छ ।

 गत बैशाख ९ गतेवाट फोटो सहितको मतदाता नामवली संकलन गर्ने कार्य प्रारम्भ गरेको निर्वाचन कार्यालयले अहिले सम्म ४१ वटा गाविस र कमलामाई नगरपालिका भित्रको मतदातहरुको नामवली संकलन गरी सकेको कार्यालयले वताएको  छ । नामवली  संकलन गरीएका ४१ वटा गाविस मध्ये ३१ वटा गाविसको मात्रै तथ्याङ्कक उपलब्त्र भएको कार्यालयले जनाएको छ । 

३१ वटा गाविस र १ वटा नगरपालिकावाट प्राप्त भएको मतदाताको संख्यामा गत वर्षको भन्दा २५ प्रतिशतले कमी आएको जिल्ला निर्वाचन कार्यलयका शाखा अधिकृत बद्री नाराणय श्रेष्ठलले वताएका छन । ३१ वटा गाविसमा ४६ हजार २ सय ५२ जना र नगरपालिकामा १४ हजार ४ जना मतदाताहरुले मात्र फोटो खिचाएको कार्यालयले जनाएको छ । नामावली संकलन गर्न वाकीँ रहेको गाविसहरुमा झागाझोली रातमाटा,दुम्जा,अमले,वस्तिपुर,नेत्रकाली,तामाजोर,कपिलाकोट,कल्पवृक्ष,क्यानेश्वर,झ्याडी,पिपलमाढी र हरीहरपुरगढी रहेको कार्यालयले वताएको छ ।

 फोटो सहितको नामावली संकलन गर्नको लागि व्यक्ति स्वयम चाहिने र नागरित्ता अनिवार्य भएको हुनाले मतदाताको संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका शाखा अधिकृत वद्री नारायण श्रेष्ठले वताउनुभयो । मानिसहरु धेरै जसो कामको सिलसिलामा जिल्ला वाहिर रहेकोले संख्यामा कमी आएको उनले वताए । अहिले निर्वाचन हुनु भन्दा ७५ दिन अगाडी सम्म नामवली टिपाउन पाउने व्यवस्था भएकाले पनि कमी आएको हुन सक्ने श्रेष्ठले जानकारी दिनुभयो ।

Related

समाज दर्पण 5092789300552037155

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item