सस्तो 'नानो' कार नेपालमा सार्वजनीक
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_208.html
संसारकै सबैभन्दा सस्तो मानिएको नानो कार नेपाल भित्रिएको छ । भारतमा बनेको यो कार सिपद्री ट्रेडिङले नेपाल भित्र्याएको हो । सिपद्रीले अहिले दुईवटा कार मात्र नेपाल ल्याएर प्रचारप्रसार शुरु गरेको छ ।बुधबार पत्रकार सम्मेलन गरेर सिप्रदीले दुई महिनापछि कारको बिक्री शुरु हुने र आफ्ना सबै बिक्री केन्द्रबाट खरिद गर्न सकिने जनाएको छ । दुई महिनासम्म कारलाई देशभरी प्रदर्शन गरिनेछ । बुधबार काठमाण्डौका बिभिन्न सडकमा गुडाएर नानो कारको प्रदर्शन गरियो ।
सन्सारकै सस्तो भनिएपनि नेपालमा यसको मूल्य कति पर्छ भन्ने अझै यकिन छैन । भारतमा नानो कारको मूल्य एकलाख ४५ हजार भारुदेखि दुईलाख १० हजार भारु पर्छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !