नयाँ स्वादको श्रीमान


    -हिमाल                            

वर्षौंदेखिको एउटै विषयवस्तु, उही शैलीको डाइलग, त्यही मुक्कामुक्की र बगैंचाको उछलकुदको दृश्यले दिक्क भएका नेपाली सिने दर्शकमा निर्देशक नवल नेपालले केही रस छरेका छन्, चलचित्र श्रीमान को माध्यमबाट।

अहिले राजधानीमा प्रदर्शन भइरहेको श्रीमान मा न हिरोको एक किकमा ढल्ने आधा दर्जन भिलेन छन् न त ज्यान हल्लाई-हल्लाई बोलेको भद्दा संवाद र स्वाभाविक अभिनय। बाबुआमाको सम्बन्धले सन्तानमा पार्ने प्रभाव देखाइएको श्रीमान बारे निर्देशक नेपाल भन्छन्, “चल्तीका स्टार नराखेर पनि राम्रा चलचित्र चल्छ भन्ने कुरा श्रीमान हेर्न हलमा आएका दर्शकको भीडले प्रस्ट पारेको छ।”

कुनै घरमा हुने सामान्य कथालाई स्वाभाविक अभिनयबाट अगाडि बढाइएको चलचित्र श्रीमान मा नीर शाहसँगै पुष्पराज पुरुष, कल्याण घिमिरे, पुजना स्त्री, सुनिल थापालगायतले खेलेका छन्।

Related

मनोरञ्जन 2125589749685582746

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item