सिन्धुलीमा फेरी वोक्सीको आरोपमा कुटपिट


सिन्धुली दर्पण/जेठ २१ 

केहि समयअघि सिन्धुलीको रानीचुरी गाविसमा भएको वोक्सीको आरोपको घटना सेलाउन नपाउदै सिन्धुलीको निपाने गाविसमा पनि सो घटना दोहोरिएको छ । निपाने ५ की ४० बर्षिया अग्नी अधिकारीलाई बोक्सीको आरोप लगाउदै गएको जेठ १३ गते उनको देवर नवराज अधिकारीले कुटपिट गरेको मानव अधिकार तथा संचार प्रतिष्ठान सिन्धुलीले जनाएको छ  । 

भाउजु बोक्सी भएकाले आफुलाई टाउको दुख्ने ज्वरो आउने गरेकाले  बोक्सी भएको भन्दै आक्रमण गरेको अधिकारीले स्वीकार गरेको मानव अधिकार संचार प्रतिष्ठानका संयोजक सुनिता थिङले बताउनु भयो । पिडितले न्याय पाउ भन्दै गाउलेसंग साहारा मागेपछि जेठ १४ गते निपाने गाविसका स्थानीय बुद्धिजीवि विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको उपस्थितीमा भाउजुमाथि बोक्सीको आरोप लगाउने नवराजले सार्वजनिक रुपमा अव आईन्दा भाउजुलाई कहिल्यै बोक्सीको आरोप नलगाउने भन्दै माफी मागेको संयोजक थिङले बताउनु भयो । 

कुटपीटबाट गम्भीर घाईते भएकी अग्नीलाई उपचारमा लाग्ने  सम्पुर्ण खर्च बेहोर्न पिडक सहमत भएपछि उनलाई माफी दिइएको हो । अहिले सापकोटाको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 


सर्लाहीमा बोक्सी भन्दै कुटपिट र दुव्र्यवहार गर्ने ६ जना विरुद्ध मुद्धा 

रुपबहादुर विश्वकर्मा/सर्लाही/जेठ २१

सर्लाहीको हरिवन गाविस वडा नं ३ दनुवारीकी एक महिलालाई बोक्सी भन्दै दुव्र्यवहार र चरम  यातना दिएको आरोपमा पक्राउ परेका ६ जना विरुद्ध कार्वाहीको प्रकि्रया अघि बढाईएको छ ।

हरिपुरस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज सुवेदीका अनुसार प्रहरी हिरासतमा रहेका २० वर्षिय शीतल धामी ६८ वर्षिय टैटा धामी ६० वर्षिय अनुपलाल धामी ६० वर्षिय बौवा धामी २० वर्षिय प्रमेश चौधरी र ३५ वर्षिय लक्ष्मीकान्त कुमरलाई बोक्सीको आरोपमा महिलालाई दुव्र्यवहार गरेको अपराधू अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको हो ।

स्थानीय १६ वर्षिया अनु धामीलाई जिउमा भूत लगाउने बोक्सी भएको भन्दै उनीहरुले हिजो स्थानीय ५५ वर्षिया देउलीदेवी कुमर दनुवारलाई मलमूत्र खुवाउँदै कुटपिट समेत गरेका थिए ।



छुवाछुत गर्ने माथि कडा रुपमा कारबाही गर्न सरकार लाई आग्रह 

संजय कुमार बिश्वकर्मा /लहान /जेठ २१

 नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आधा दशक  भए पनी देशमा छुवाछुत न हटेको प्रती सिरहाका अधा दर्जन संघ संगठनका प्रतिनीधीहरुले आज संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गरी घोर आपत्ती जनाएका छन ।

 जातीय विभेद् तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसु का अबसरमा दलित समाज सेबा संघ लहान  दलित कल्याणकारी समाज नेपाल सिसबनी ४ सिरहा  जातिय बिभेद तथा छुवाछुत निगरानी केन्द्र लहान  सफलता भुमि अधिकार माच सिरहा  अपसन नेपाल लगायतका संघ संगठनले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गरी छुवाछुत गर्ने माथि कडा रुपमा कारबाही गर्न सरकार लाई आग्रह गरेका छन । 

समाजमा बिधमान रहेको अमानबीय छुवाछुत प्रथा लाई अन्तय गर्नका लागि आ  आफनो ठाउँ बाट समाजमा प्रतिनीधित्व गरीरहेको राजनीतीक दल अधिकार कर्मी  नागरीक समाज  पत्रकार  बुदीजीबी हरुको पनी नैतीक  दायित्व  भएको विज्ञप्तीमा उल्लेख गरीएको छ । 

Related

स्थानिय 5879060038277307923

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item