"यौनकर्मीको अखडा रत्नपार्क"

काठमाण्डौ,वैशाख ९ । 


“एक घण्टाको लागी हो भने पाचँ सय, पुरै रातको लागी हो भने एक हजार भन्दा कममा चै हुदैन, एक दाम,नो वाग्रेनिङ ।” तपाई काठमाण्डौको रत्नपार्क पस्नुस् र एक चक्कर लगाउनुस्, यस्ता सम्वादहरु प्रसस्त सुन्न सक्नुहुन्छ । करिव १४ वर्षका  किशोरीदेखी ४० वर्ष हाराहारीका  महिलाहरु खुलेर मोलमोलाई गरिरहेका हुन्छन् ।  सर्वसाधारणको उपस्थिती प्रशस्त हुने हुदा यौन व्यवसायमा लागेकाहरुले समेत रत्नपार्कलाई व्यवसायिक अखडा वनाएका छन् । साझपख रत्नपार्क आउने अधिकाशं पुरुषहरु यौन सम्पर्क राख्ने अपेच्छा राखेरै आउने गरेको एक यौनकर्मीले चुरोट सल्काउदै भनिन् । कसरी मोलमोलाई हुन्छ त  भन्ने प्रश्नमा उनि भन्छिन् “केटाहरु सिधै पैसा कती लिनेगरेको छ भनेर सोध्छन् र आफ्नो कुरा राख्छन् हामीपनी आफुले लिने दाम वताईन्छ,कुरा मिल्यो भने गेष्ठहाउस अथवा कोठमै लैजान्छन् ।” कसैगरी दाम मिलेन भनेचै भालुसालु भन्छन् त्यसो भन्दा चै साह्रै रिस उठ्ने उनको भनाई छ ।

 काम पर्दा भाडो नपर्दा ठाडो त गर्न भएननी उनले आक्रोश पोखिन् । रत्नपार्कमा  ग्राहक नपाईएला भनेर चिन्तै नहुने अर्की यौनकर्मीको भनाई छ । आफुहरुसगँ यौन सम्पर्क राख्न चाहने तर कुरा गर्न नसक्नेहरुदेखी वाक्क लाग्ने उनि वताउछिन् । त्यतिकैमा एक युवक यौन प्रस्तावको लागी आइपुग्छन् । कति हो रेट ? कस्तो रेट ? तिम्रो दाम भनेको सुनेनौ ? तपाईको वुढी छैन र ? वुढी भएको भए त तिमिहरुलाई भाउ नै दिईदैनथ्यो नि , ति युवकले उत्तर दिए ।  मलाई वढी किचकिच गरेको मन पदैन हई । चिनेको मान्छे आयो भने अहिल्य हामलाई लाज हुदैन । लाज हुने भए किन यहाँ वसेको त ? के वस्न नहुने हो त ? खुरुक्क तिम्रो रेट कति हो भनन  ? यो मान्छेले मलाई आज दिनभरी किचकिच गरिराको छ भन्दै ति युवती हिड्छिन । कुरा गर्न नसक्ने केटाहरु त रत्नपार्कमा कामै छैन ती युवकले पुरुषार्थ देखाउदै भने ।  दिनमा १० जना हाराहारीसगँ यौनसम्पर्क गर्ने यौनकर्मीहरु पनी रत्नपार्कलाई नै गन्तव्य वनाईरहेको वताउछन् ।
फाईल तस्विर 

 विदेशमा खुलेआम यौनकर्मीहरु भेटिन्छन् भन्ने सुनेको हो तर नेपालमै यस्तो देख्दा निकै अचम्म लागेको चावहिल घर वताउने एक युवक वताउछन् । दिनभर घरमै वस्दा वोर भईयो यसो फ्रेस हुनुपरो भनेर रत्नपार्क घुम्न आको यस्तो गतिविधि हुदो रैछ अचम्म लाग्यो उनले भने । विदेशमा खुलेआम यौन सम्पर्कको लागी मोलमोलाई हुन्छ भन्ने सुनेको थिए तर नेपालमै देखियो उनको भनाई थियो । रत्नपार्कमा जो कोहि सोझासाझा युवतीहरु आए भनेपनी नकरात्मक दृष्टिकोणले हेरिदो रैछ उनको भनाई छ ।  एक युवतीको पछाडी दर्जनौ केटाहरु पैसा कति लिने भनेर पछि लागिरहेका हुन्छन् , एक तराई मुलका व्यवसायीले भने । मुखमा माक्स लगाउने,सानो सानो झोला भिर्ने र दिनभरी रत्नपार्क वरीपरी  हिडिरहने भेटियो भने त्यो यौनव्यवसायी हो भनेर सिधै वुझ्दा हुन्छ उनको भनाई थियो । एकजनाको पछाडी दर्जनौ युवाहरु जिस्किदै हिडेका हुन्छन् त्यस्तो वातावरणले चै व्यवसाय गर्नै  अप्ठेरो भईरहेको उनको भनाई छ ।  पैसाको मोलमोलाई गरिरहेको अवस्थामै गकंमाल गर्ने,चुम्वन गर्ने,स्तन छाम्ने,जथाभावी वोल्ने गर्दा,घुमफिर गर्न आउने सर्वसाधारणको लागी रत्नपार्कको महत्व घट्दै गएको उनको वुझाई छ । 
 फुर्सदको समयमा रत्नपार्क घुमफिर गरिरहने त्रिचन्द्र कलेजमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत निराजन थापा यौन व्यवसाय व्यवस्थित गर्न नसक्दा यस्तो गतिविधीले ठुलो बेकराल अवस्था सृजना हुन सक्ने वताउछन् । सुरक्षित र निश्चित स्थानमा यौनव्यवसाय गर्नु उनिहरुको स्वतन्त्रता भएको निराजनको वुझाई छ ।  गास वास कपास पछी सहवास पनी पर्ने हुदाँ त्यसलाई अन्यथा ठुलो विषय मान्न नहुने निराजन वताउछन् । अन्य देशका  यौनव्यवसायीहरुको लागी निश्चित स्थान हुन्छ,सरकारले निश्चित स्थान घोषणा गरेको हुन्छ, नियमित स्थास्थ्य जाचँ गर्छ,कसरी आफु सुरक्षित हुने भनेर यौनकर्मीलाई सल्लाह दिईरहन्छ तर नेपालमा त्यस्तो नहुदाँ धेरै पुरुष तथा महिलाले यौन जन्य रोगलाई वढावा दिईरहेको निराजन वताउछन् ।     
प्रस्तुती:एसवी गौतम 

Related

फोटोखबर 3830553163460778026

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item