सहमतिका लागि दलहरूको प्रयास तीब्र

काठमाण्डौ,वैशाख ९ । 

सहमतिका लागि दिइएको समयसीमा आज र भोलि मात्रै बाँकी रहेको बेला दलहरूले दुई पक्षीय र बहुपक्षीय छलफललाई तीब्र बनाएका छन् । आज मुख्य दलहरू बीच अलग अलग छलफल हुँदै छ । यही क्रममा आज बिहान एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसबीच विवादित विषयमा छलफल भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा भएको दुई पार्टीका शीर्ष नेताहरूबीचको छलफल शासकीय स्वरुप र राज्य पुनःसंरचनामा केन्द्रीत रहेको थियो । आजको छलफलमा सकेसम्म व्यावहारिक रूपमा धान्न सक्ने गरी राज्य पुनःसंरचना गर्दा प्रदेशको सङ्ख्या निर्धारण गर्ने सहमति भएको काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । सकेसम्म प्रदेशको सङ्ख्या थोरै राख्ने विषयमा सहमति नजिक पुगे पनि काङ्ग्रेस र माओवादीका नेताहरूबीच प्रदेशको नामाङ्कन र सीमाङ्कनका विषयमा भने साझा धारणा बन्न सकेन । 
यसैगरी एकीकृत माओवादी सचिव पोष्टबहादुर बोगटीले दुई दलबीचको छलफलमा विवादित विषयहरूमा सहमति जुटाउन सकारात्मक छलफल बताएको बताउनुभयो । आजै बस्ने मुख्य दलहरूको बैठकले वृहत छलफल गरी विवादका विषयहरूलाई टुङ्गो लगाउने उहाँले जानकारी दिनुभयो । 
एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाबीच पनि अहिले केहीबेरमा सहमतिका लागि छलफल हुँदै छ । यसैगरी आजै मधेसी मोर्चासहित मुख्य तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेको बैठक पनि बस्दै छ । विवादित विषयहरूमा सहमति जुटाउन भोलिसम्ममा दलहरू सफल नभए नियमित प्रक्रियाबाट विवादहरूको टुङ्गो लगाइने भएको छ। 

Related

राष्ट्रिय 6281128913550553970

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item