प्रादेशिक स्वायत्तता जरुरी छ : यादव
http://sindhulidarpan.blogspot.com/2012/04/upaindra-yadav_21.html
काठमाण्डौ,वैशाख ९ ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसलाई प्रादेशिक स्वायत्तता नदिएसम्म मुलुकमा सङ्घीयता र संविधान स्वीकार्य नहुने बताउनुभएको छ । साथै मधेसलाई स्वायत्त र एक मधेस एक प्रदेश बनाउनुपर्ने विगतका सरकारसँग सम्झौता भएको र त्यसका लागि मधेस आन्दोलनसमेत भएको स्मरण गराउँदै मधेसीलाई सङ्घीयतामार्फत अधिकार नदिए संविधान निर्माणको औचित्य नहुने अडान उहाँले दोहो¥याउनुभयो । अध्यक्ष यादवले विराटनगरमा आज बिहान पत्रकार सम्मेलन गरी तीन ठूला राजनीतिक दलले होटल र रेष्टुरेन्टमा बसेर संविधानको खाका तयार गर्नु दुर्भाग्यपूर्ण भएको बताउँदै संविधान निर्माणमा संविधानसभाका सबै दल र सभासद्को सहमति आवश्यक रहेको बताउनुभयो ।
आगामी जेठ १४ गतेसम्म संविधान निर्माण हुने अवस्था नरहेको आफूले पाएको उल्लेख गर्दै संविधान कस्तो बनाउने भन्ने सम्बन्धमा समेत छलफल नभएको तर केही राजनीतिक दल र नेताहरूले संविधान तयार भइसकेको हल्ला फैलाएर जनतालाई भ्रममा पार्न खाजेकोप्रति दुःख व्यक्त गर्नुभयो । मुलुकमा जनतालाई अधिकार नदिँदा र सङ्घीयता नभएका कारण अहिलेसम्म पाँचवटा संविधान असफल भइसकेको बताउँदै अध्यक्ष यादवले सङ्घीयताविहीन संविधान आवश्यक छैन र त्यस्तो संविधान बनाए देशमा तेस्रो जनआन्दोलन हुने र त्यसमा मधेसी, जनजाति, थारु, लिम्बुवान, खम्बुवान र अन्य जातजाति पनि आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !