मुस्ताङमा चौंरीको आलो रगत पिउने मेला जारी
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_6895.html
बागलुङ,वैशाख ९ ।
चौंरी गाईको रगत पिउँदा ग्यास्ट्रिक, गानोगोला लगायत चिसोका कारण हुने रोगका साथै यौन दुर्वलताको समस्या समाधान विश्वास छ । चौरीको रगत पिएर उपचार गराउनका म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायत जिल्लाका सर्वसाधारण र विदेशी पर्यटक पनि आउने गरेका छन् । प्रति गिलास एक सय २० रुपैयाँका दरले रगत विक्री भइरहेका छ । मेलाको पहिलो दिन हिजो ३ सय भन्दा बढी गिलास रगत विक्री भएको छ । मेला शुक्रबार सकिनेछ ।
मुस्ताङको घट्टेखोलामा चौंरीको आलो रगत पियने मेला आज पनि जारी छ । हिमाली क्षेत्रमा जडिवुटीयुक्त घांस खाएका चौंरीगाईको आलो रगत औषधिको रुपमा विक्री गर्न मेलाको आयोना गरिएको हो । चौंरीको घांटीबाट विशेष प्रकारको चक्कुले प्वाल पारेर निकालीने रगत रोग प्रतिरोधात्मक शक्ति पाईने जनविश्वास छ ।
यासागुम्बा, निरमसी, पाँचऔले, जटामसी लगायत जडिवुटी पाईने बुकी क्षेत्रमा चरेका चौंरीगाईको आलो रगतमा रोग प्रतिरोधात्मक र शारिरीक स्फुर्ती दिने तत्व पाईने आयोजक धौलागिरी चौंरीपालक कृषक समुहका सचिव सकेन्द्र गौचनले जानकारी दिनुभयो ।
चौंरी गाईको रगत पिउँदा ग्यास्ट्रिक, गानोगोला लगायत चिसोका कारण हुने रोगका साथै यौन दुर्वलताको समस्या समाधान विश्वास छ । चौरीको रगत पिएर उपचार गराउनका म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायत जिल्लाका सर्वसाधारण र विदेशी पर्यटक पनि आउने गरेका छन् । प्रति गिलास एक सय २० रुपैयाँका दरले रगत विक्री भइरहेका छ । मेलाको पहिलो दिन हिजो ३ सय भन्दा बढी गिलास रगत विक्री भएको छ । मेला शुक्रबार सकिनेछ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !