संघीय राज्य थोरै बनाउने निष्कर्ष
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_3129.html
काठमाडौं, वैशाख ९ ।
एकीकृत माओवादी र नेपाली कांग्रेसले राज्य पुनर्संरचना गर्दा सकेसम्म थोरै संघीय राज्य बनाउने सहमति कायम गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज विहान बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले संघीयता बनाउदा थोरै भन्दा थोरै राज्य बनाउने सहमति भएको नेताहरुले बताएका छन् ।
जातयी राज्य बनाउने वा संघीय राज्यको नामाकरण के गर्ने बिषयमा भने कुनै सहमति भएको छैन । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायतका बिषयमा सहमतिको प्रयास भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्य पुनर्संरचना गर्दा सके सम्म थोरै भन्दा थोरै संघीय राज्य बनाउने सहमति भएको छ ।’ पौडेलले संघीय राज्यको नामका बारेमा भने सहमति नभएको बताउनुभयो ।
एमाओवादी सचिव पोष्टबहादुर बोगटीले पनि कांग्रेससँगको छलफल सकारात्मक रहेको भन्दै सहमतिका नजिक पुगिएका बिषयमा अन्य दलहसँग पनि परामर्श गर्ने बताउनु भयो । उहाँले सबै लाई हुने गरेर राज्य पुनर्संरचना गर्ने बताउनुभयो । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभाति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागिता थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !