पत्रकारिता व्यवसायिक बनाउन उपसमिति
http://sindhulidarpan.blogspot.com/2012/04/nepali-journalist_21.html
ललितपुर, वैशाख ९ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पत्रकारहरुलाई व्यवसायिक मर्यादामा ल्याउन अनुगमनका लागि पाँच सदस्सीय उप समिति गठन गरेको छ ।
शाखाको आज बसेको कार्यसमिति बैठकले उपाध्यक्ष लेखनाथ न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सरकारी कार्यालय तथा अन्य व्यवसायिक संघ संस्थामा कतिपय पत्रकारहरुले आफनो मर्यादा बाहिर गएर काम गरेको निष्कर्ष निकाल्दै त्यसको अनुगमन गर्न र पुष्टि भए कार्वाही गर्न भन्दै समिति गठन गरिएको शाखाका अध्यक्ष पूणसिंह बराईलीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

समिति सदस्यमा शाखा सचिव अमृतनाथ तिमिल्सिना, कार्यसमिति सदस्य सुनिल महर्जन, प्रबीण चौधरी र राजेश शर्मा रहेका छन ।
यस्तै बैठकले मृगौला रोगबाट पीडित पत्रकार रमेश चालिसेको उपचारका लागि प्रत्येक कार्यसमिति सदस्य र पार्षदबाट २ सय रुपैया र साधारण सदस्यबाट १ सय रुपैया उठाउने निर्णय गरेको छ । बैठकले सदस्यता नविकरणका लागि पनि आफ्ना सवै सदस्यहरुलाई आग्रह गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !