चुरोट खाने र बोक्नेलाई जेल सजाय



१६ जेठ 
भुटानका विपक्षी नेताले देशमा धूमपान विरोधी कानुनलाई 'पागलपन' भन्दै भर्त्सना गरेका छन् ।

सो कानुन विश्वकै सबैभन्दा कडा कानुन मानिएको छ । यस कानुन लागू भएपछि चुरोट बोकेको आरोपमा अन्य तीन जनालाई पनि जेल पठाइएको छ । हिमाली अधिराज्य भुटानले सन् २००५ मा सूर्तिको बिक्रीमा प्रतिबन्ध लगाएको थियो-भने गतवर्ष तस्करी रोक्न कानुनलाई अझ कडा बनाएको थियो । कानुनअनुसार ग्राहकले चुरोट र खैनीको वैध भन्सार कागज देखाउन पर्नेछ । विपक्षी नेता छिरिङ तोब्गेले आफ्नो ब्लगमा मे २६ मा लेखेका छन्- ' पारो जिल्लाको एक स्थानीय अदालतले तीन व्यक्तिलाई अवैध चुरोट बोकेकोमा विमानस्थलमा रोकी तीन वर्षको जेल सजाय सुनाइएको छ ।'

'उनीहरूको अपराध यत्ति थियो- 'उनीहरूले १० बट्टा चुरोट तस्करी गरेका थिए । मलाई लाग्छ यो सूर्ति नियन्त्रण कानुन ज्यादै कडा छ । यो एकदमै खराब हो यो त सरासर पागलपन हो', -राष्ट्रिय संसद्का विपक्षी नेता तोब्गेले भने । 'अनगिन्ती अरु जेलमा छन् । वा मुद्दा खेप्दै छन्, जुन गनेर साध्यै छैन' -उनको भनाइ छ ।

गत मार्चमा एकजना बौद्धधर्म गुरुले साढे दुइ डलर मूल्य पर्ने सूर्तिजन्य पदार्थ तस्करी गरेकोमा तीन वर्षको कैद सजाय पाएका थिए । एक व्यक्ति सोनाम छिरिङलाई ४८ बट्टा खैनी भारतबाट ल्याएकोमा पनि जेल हालियो । भुटानीहरूलाई एक महिनामा २ सय चुरोट वा १ सय ५० ग्राम सूर्तिजन्य पदार्थ कानुनी रूपमा ल्याउन पाउने छुट छ जसमा भारतबाट ल्याउँदा शतप्रतिशत र अन्य राष्ट्रबाट ल्याउँदा २ सय प्रतिशत भन्सार तिर्नुपर्दछ ।

भारत र चीनबीच अवस्थित भुटानले नागरिकको प्रगति र संवृद्धि मापन गर्न कुल राष्ट्रिय सन्तुष्टि (ग्रस नेसनल हृयाप्पीनेस) को अवधारणा आविष्कार गरी प्रसिद्धी कमाएको थियो भने विश्व मै दुर्गम र एकान्तस्थलको रूपमा पनि चिनिएको छ । 

Related

विश्व 1364137846320410632

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item