नेपाली सेना सँग पनि माओवादीले गठबन्धन गर्न सक्ने
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_794.html
१६ जेठ
संविधान सभाको म्याद थप्नु अहिलेको सरकारको एउटा उपलब्धि भएको वाइसिएलका केन्द्रिय अध्यक्ष गणेशमान पुनले बताउनु भएको छ । वाइसिएल सिन्धुलीको जिल्ला भेला उद्घाटन गर्न हिजो सिन्धुली आएका पुनले यस्तो वताएका हुन् ।
अध्यक्ष पुनले एमालेका केही खेमा र काग्रेसले अहिलेको उपलब्धिलाई सिध्याउन लागि परेको आरोप लगाएका छन् । साथै उहाँले कुनैपनि हालतमा वाइसिएल विघटन नहुने दावी समेत गर्नुभयो । जनस्वयंमसेवक दस्ता र वाइसिएल फरक धारको दस्ता भएको बताउँदै उनले जनस्वयंमसेवक दस्तामा सवै उमेरका मानिस समावेश हुने र वाईसियलमा युवा समुहमात्र समावेश हुने भएकाले यो दुवै दस्ता फरक प्रकृतिको भएकॊ वताउनुभयो । अध्यक्ष पुनले अहिलेको सरकारको गठबन्धन संविधान सभाको म्याद थपिए पछि अझ बलियो भएको दावि गर्दै नेपाली सेना सँग पनि माओवादीले गठबन्धन गर्न सक्ने वताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !