ईसाक सिन्धुलीको नाटक प्रदशनी जारी
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_30.html
जेठ १६
सिन्धुली कला तथा साँस्कृतिक प्रतिष्ठान इशाक सिन्धुलीले लागु औषध दुव्र्यसन सम्वन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आर्थिक सहयोगमा सिन्धुलीको डकाहा र चन्दनपुरमा उक्त सडक नाटक प्रर्शन गरिएको हो ।सिन्धुलीमा लागु औषध दुव्र्यसन सम्वन्धी जनचेतना जगाउने उद्देश्यले यस्तो विषयमा सडक नाटकको माध्यम अपनाएको इशाकका अध्यक्ष चन्द्र नेपालीले वताउनुभयो । यस अघि पनि इशाक सिन्धुलीले जिल्लाका ४० भन्दा वढी गाविसमा चेतनामूलक सडक नाटक प्रदर्शन गरिसकेको छ । सिन्धुलीमाढीमा भोली मंगलबार लोकतान्त्रिक चौरमा पनि नाटक प्रदर्शन गरिने इशाकले जनाएको छ । विजय लामा पवित्रा कर्माचार्य नविन खड्का अवनि शर्मा चन्द्र नेपाली लगायत ९ जना कलाकारहरुको सहभागितामा नाटक प्रदर्शन गरिएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !