स्क्वास जुस विकि्र नहुँदा सिन्धुली डाडीँका महिला चिन्तीत


जेठ १३ 
गर्मी मौसमा विभिन्न ठाँउहरुमा स्क्वासजुसहरु बेचेर धमाधम आम्दानी गरिएको बेला सिन्धुलीको जिल्लाको डाँडीका महिलाहरुले  उत्पादन गरेको भुँइकटहरको स्क्वास जुस भने विकि्र नभएर उनीहरु चिन्तित बनेका छन् । डाँडी गुराँसे गाविस वडा नम्बर २ को भगवती भूइकटहर प्रशोधन समितिका महिलाहरुलाई लघुउद्यम विकास कार्यक्रम र महिला विकास कार्यालय सिन्धुलीको सहकार्यबाट तालिम प्रदान गरे पछि उनीहरु भुँइ कटहरको स्क्वास जुस बनाउन थालेका हुन ।

 महिलाहरुले स्क्वास जुस बनाउने क्रममा धेरै दुःख गरेकाछन् तर त्यसअनुसारको आफूले बनाएका चिजले भने बजार मूल्य नपाएकोमा भने उनीहरु गुनासो गर्छन् । भूँइकटहररुखकटहरआँप लिचीको पकेट क्षेत्रको रुपमा चिनिने डाँडी गुराँसे गाविसमा यो वर्ष पनि हामीहरु स्क्वास उतपादन सक्थयौ तर पोहोरकै विकेको छैन भन्नुहुन्छ भगवती भुईकटहर प्रशोधन समितिकी कविता अतिवडा ।  गत वर्ष बनाएको ४ सय बोतल स्क्वास विकि्र भएको र बाँकी ८ सय बोतल स्क्वास विकि्र भएको छैन भने ८ सय बोतल बन्न्ो रस बाँकी रहेको छ । समितिका २० जना महिलाले तालिम लिएकोमा अहिले सम्म निन्तर काम भने पाँच जना कमला ढकालकविता खतिवडाकालिका ढकाल र कान्ता ढकालले गरिरहनुभएको छ ।
लघुउद्यम विकास कार्यक्रमले २० जनालाई दुइदुइ हजारको दरले ४० हजार रुपैयाँ दिएको र  पाँच जना महिलाले पाँच पाँच हजार रुपैयाँ जम्मा गरेर कटहर किनेर स्क्वास उत्पादन गर्न थालेको हुन् । सुरुमा लघुउद्यम विकास कार्यक्रमले जति जुस उत्पादन गर्न सक्नुहुन्छ गर्नुस विकि्रको चिन्ता नर्गनु सौगात गृहद्धारा विकि्र गराउँछौ भनेको थियो र काम गर्न थाल्यौं भन्छन् महिलाहरु  ।

 भगवती भुँइकटहर उत्पादन प्रशोधन समितिका महिलाहरु भन्छन् आफूहरुले जुस बनाउने बेलामा चिनीको मूल्य बढी थियो र चिनी किन्न आफहरुको धेरै पैसा खर्च भएकाले हामीले उत्पादन गरेको स्क्वास अली महङ्गो भएको हो । उनीहरुले उत्पादन गरेका जुसको मूल्य होलसेलमा प्रति बोतल ८५ रुपैयाँ र खुद्रामा १०० रुपैयाँ पर्ने महिलाहरु बताउँछन् ।  लघुउद्यम विकास कार्यक्रमकी अध्यक्ष  विमला पाण्डे भने भगवती भँइकटहर प्रशोधन समितिका महिलाहरुले उत्पादन गरेको स्क्वास जुस साह्रै मङ्गो र व्यपारीलाई बाहिर पढाउँदा पनि व्यपारीलाई फाइदा नभइ लादैनन्  र उहाँहरुको ठाउँमै जाँदा महङ्गो तिर्नुपर्ने बोतल पनि क्वालिटीको नभएको र बोतलको लेभल खुस्किसकेकाले व्यपारीलाई पनि त्यस्ता चीज बेच्न गाह्रो हुन्छ भन्नुहुन्छ । साथै आफूले उत्पादन गरेका कुरा उहाँहरुको घरैमा राखेर त विकि्र नहुने र उहाँहरुलाई आफूहरु संग सहकार्य गर्न पनि आग्रह गर्नु भएको छ । 

Related

स्थानिय 1508251984852862581

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item