उमावि वनाउन लगाईएको महायज्ञवाट आठ लाख उठ्यो


जेठ १६
सिन्धुलीको रानीचुरी गाविस ७ मा रहेको कुण्डेश्वर माविमा उच्च शिक्षा सन्चालन सहयोगार्थ रकम संकलन गर्ने उदेश्यले आयोजना गरिएको श्रीमद भागवत ज्ञान महायज्ञमा आठ लाख बढी रकम संकलन भएको छ ।
हिजो सम्पन्न महायज्ञमा व्यक्तिगत तर्फ सवैभन्दा बढी भिमस्थान ६ का विण्णु बहादुर राउतले तीस हजार नगद प्रदान गर्नुभएको छ । त्यस्तै संस्थागत तर्फ सिन्धुलीगढी जागरण यूवा समुहले पचास हजार नगद प्रदान गरेको शिक्षक मदन काफ्लले जानकारी दिनुभयो । उहाका अनुसार विद्यालयमा कार्यरत सम्पुर्ण शिक्षकहरुले आफ्नो एक महिनाको तलव सहयोग स्वरुप प्रदान गरेका छन । झण्डै चार सय दाताको सहयोगवाट आठ लाख नगद संकलन भएको हो ।
हिजो भएको समापन समारोहमा महायज्ञ आयोजक मुल समारोह समितिका अध्यक्ष तिलकबहादुर बरालले कार्यक्रम भव्य रुपमा सफल भएकाले सवैलाइ धन्यवाद दिदै अव विद्यालय उच्च मावि हुने निश्चित भएको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणहरि घिमिरे  प्रधानाध्यापक लोकनाथ कोइराला लगाएतले मन्तव्य राख्नुभएको थियो । 

Related

स्थानिय 4253294938504933880

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item