रनभुलमा महिला छापामार
http://sindhulidarpan.blogspot.com/2012/04/women-pla-story.html
मिनकुमार दाहाल,
सिन्धुली,वैशाख ९ ।
सिन्धुली,वैशाख ९ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालीका–५ कि मिना तामाङ्ग माओवादी जनसेनामा २०५७ सालमा भर्ना भएकी लडाकु हुन । उनी माओवादी लडाकुको तेश्रो डिभिजन चितवनको शक्तिखोरमा कम्पनी कमाण्डर भएर काम गरि रहेकी थिइन् । उनलाई लामो तथा छुटो दुरीमा मार गर्ने सवै खालका हतियार चलाउन आउँछ । उनले सर्लाहीको पत्थरकोट चौकी,सिन्धुलीको भिमान इलाका प्रहरी कार्यालय,ताप्लेजुङ्ग जिल्लाको चैनपुर,ओखलढुङ्गाको रुम्जाटार,सिराहा जिल्लाको लाहान तथा वन्दीर सैनिक व्यारेक आक्रमणमा अग्रपंगितमा रहेर लडाई लडेको उनी वताउ छिन् । उनी स्वीच्छिक अवकाश पछि पनि नेकपा माओवादीको सक्रीय राजनितीक गर्ने सोचमा छिन् । मिना तामाङ्ग एकिकृत नेकपा माओवादी सिन्धुलीको जिल्ला कमिटी सदस्य पनि छिन् । शुक्रवार सिन्धुलीमाढी भएको माओवादीको जिल्ला कमिटी वैठकमा उनले भाग लिइन् ।
भौतिक शरिर रहेसम्म एकिकृत नेकपा माओवादीको प्रत्यक्ष अप्रक्ष रुपमा राजनितीक गर्ने मिना तामाङ्ग वताउ छिन् । शिवीरमा रहेका महिला लडाकुहरुको उमेर नमिलेका कारण समायोजन प्रकृयामा जान नपाएको उनले वताइन् । २०६३ सालमा १६ वर्ष पुगेको हुनु पर्ने प्रस्ताव सेना समायोजन विशेष समितीले ल्याए पछि महिलाहरुलाई सेनामा जान सो प्रस्तावले अफ्टेरो पारेको ठम्याई मिनको छ । कसैको उमेर पुग्दैन भने कसैको उमेर नाघेकाले समायोजनमा जान धेरै महिला लडाकुले पाएनन् मिनाले वताइन् ।
मिना तामाङ्गसँगै चितवनको शक्तिखोर शिवीरवाट मंगलवार नेपाली सेना वन्ने सपना अधुरो छोड्दै रुकुम जिल्लाकी सपना मगर शिवीर छाडेर स्वच्छिक अवकास शिवीर छाडिन । रुकुमको रुकुमकोट गाविसकी विपना मगर नेपाली सेना वन्ने सोच लिएर २०५८ सालमा जनमुक्ती सेनामा भर्ना भएको वताउँ छिन । सेना समायोजन प्रकृयामा सरकारले पिएलए वसेको शिवीरलाई घेरा वन्दी गर्दै नेपाली सेना पठाए पछि नेपाली सेनामा जागिर खाने सोच एकाएक परिर्वतन भयो उनले भनिन् । सेनामा जान योग्य भएर पनि म समायोजन प्रकृयमा आत्मा समर्पण गर्दै जान नसकेको प्रतिकृया दिइन । दश वर्ष लडेको जनमुक्ती सेनाको अस्तीत्व भेट्ने र अपमान हुने गरी राज्यले शिवीरमा सेना पठाएकोमा विपनाले आपत्ति जनाइन् ।
सेना वन्ने सोच अधुरो छोड्दै म मेरो घर रुकुम जाँदैछु उनले टेलीफोनमा कुरा गर्दै भिनन् । हिजो सम्म घरमा आमा वुवालाई राजनितीक प्रशिक्षण दिने गरेको थिए । अहिले त्यो अवस्था रहेन अव आमा वावुले के भन्नु हुन्छ उहाँहरुको सल्लाह अनुसार नै निर्णयमा पुग्ने विपना मगरले वताइन् । माओवादीको समान्य समर्थक मात्रै भएर पनि वस्न सक्ने सोच उनीमा छ । विपना शक्तिखोर शिवीरमा प्लाटुन कमाण्डर भएर काम गर्दै थिइन् । उनी दश वर्षे शसस्त्र युद्धमा १३ वटा मोर्चामा सेना र प्रहरीसँग लडाइ लडेको वताउ छिन् । युद्ध लडेमध्येको सवै भन्दा स्मरण गर्न योग्य लडाइ आफ्नै जिल्लाको खारा मोर्चा भएको उनी वताउ छिन् । युद्धमा चलाइएका हतियारहरु अहिले नेपाली सेनाले घेरा वन्दी गरेर राखेको छ उनले भनिन् । घरले राजनितीक गर्ने अनुमति र पार्टीले राजनितीक गर्न स्थान दिए पुन राजनितीक गर्न सक्छु उनले भनिन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !