अखिल नेपाल महिला सङ्घको सम्मेलन पोखरीमा


काठमाण्डौ,वैशाख ९ । 
नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घको छैठौं राष्ट्रिय सम्मेलन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै छ । राष्ट्रिय सम्मेलन हिजोदेखि पोखरामा सुरुभएको हो । अहिले केहीबेरपछि राष्ट्रिय सभागृहमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन र विधान मस्यौदा प्रस्तुत गरिने कार्यक्रम छ । 

यसैगरी बन्दसत्रमा नयाँ संविधानमा महिलाका हक अधिकार सुनिश्चितताका लागि दबाब दिने विषयमा पनि गम्भीर छलफल हुने भएको छ । देशभरका ८ सय ५० प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागी सम्मेलनको हिजो पार्टी अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो ।

Related

विविध 5955955328136259596

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item