आज मातातीर्थ औंसी
http://sindhulidarpan.blogspot.com/2012/04/mothers-day.html
काठमाण्डौ,वैशाख ९ ।
आज आमाप्रति श्रद्धाभक्ति प्रकट गर्दै मातातीर्थ औंसी मनाइँदै छ । भगवान विष्णुले मातृवियोगबाट विह्वल भएको व्यक्तिलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई दिवङ्गत मातालाई दर्शन गराएको मान्यताका ासथ आज काठमाडौंको थानकोटमा रहेको मातातीर्थ कुण्डमा आमा नहुनेहरूले स्नान गरी फलफूल, खाद्यान्न चढाउने प्रचलन छ ।
आमाप्रति कृतज्ञता व्यक्त गर्न आज आमा हुने छोरा छोरीहरूले मानमर्यादा र सम्मानका साथ फलफूल, मिठाइ खुवाई आ–आफ्ना गच्छेअनुसार वस्त्र, आभूषण आदि दिने गर्दछन् । आमा प्रसन्न भई दिएको आशीर्वादले छोराछोरीलाई कल्याण हुने विश्वास गरिन्छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !