सवैको साथ मिले तोकिएकै समयमा सविधान जारी हुन्छ:विषमलाल


सिन्धुली दर्पण/जेठ २१ 
सिन्धुली क्षेत्र नं १ का सभासद विषमलाल अधिकारी दनुवारले सवैको साथ र सहयोग मिले अव तोकिएको समयमा संविधान जारी गर्न सकिने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको २५ औ जिल्ला स्तरिय शिक्षक नायक तथा जुनियर यूवा रेडक्रस गोष्ठीको उद्घाटन गर्दै सभासद दनुवारले उक्त कुरा बताउनुभएको हो ।

विभिन्न अभियोगका दोषि सभासदहरुलाइ सरकारले कार्वाही गर्न नसकेको भन्दै उहाले संविधान सभालाइ आशाको केन्द्र र भेडाको पात्र संग तुलना गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका केन्द्रिय सदस्य मनोज कुमार थापाको प्रमुख आतिथ्यता एवम् सभासद विषमलाल अधिकारी दनुवारको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ जिल्ला जुनियर रेडक्रस समिति संयोजक एवम् यसोस्कर सदस्य रामजी सुवदी लगाएतले मन्तव्य राख्नुभएको थियो ।

आजवाट सुरु भएको गोष्ठी भोलीसम्म सन्चालन हुने र उक्त गोष्ठीमा जिललाका ५६ जुनियर सर्कलवाट २५ जनाको सहभागीता रहने वताइएको छ । यसैविच आजे नेपाल रेडक्रस सोसाइटी हत्पत्ते उपशाखाको भवन सिलान्यास कार्यक्रम समेत सम्पन्न भएको छ । हत्पत्ते गाविसका होम प्रसाद पहाडीले भवन निर्माणका लागी करिव २ लाख ९५ हजार बरावरको १३ धुर जग्गा सहयोग स्वरुप प्रदान गर्नुभएको थियो । १२ लाखको लागतमा ५ कोठे भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

Related

राष्ट्रिय 2904595237409520921

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item