भ्रष्टाचार विरुद्ध भारतका योग गुरु रामदेवको अनसन सुरु




सिआईएन/जेठ २१

प्रख्यात योग गुरु रामदेवले आजदेखि भ्रष्टाचार विरुद्ध अनसन सुरु गर्नुभएको छ । भारतीय सरकारले अनसनको कार्यक्रम फिर्ता लिन बारम्बार आग्रह गरे पनि अस्वीकार गर्दै रामदेव अनसन सुरु गर्नुभएको हो । अनसनमा सहभागी हुन विभिन्न सहरबाट हजारौं समर्थकहरु रामलीला मैदानमा पुग्ने क्रम चलिरहेको छ । बिहान ५ बजे नै मैदानमा बनाइएको मन्चमा पुग्नुभएको रामदेवले समर्थकहरुलाई योग सिकाउनुभएको थियो ।

 अनसनमा सात आठ हजारको सहभागिता रहने बताइए पनि यो सङ्ख्या बढ्ने भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

अनसनमा हजारौंको सहभागिता रहने भएपछि सुरक्षा व्यवस्था कडा पारिएकोछ । आफ्नो मागका विषयमा सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्ने प्रयास नगरेसम्म अनसन फिर्ता नलिने रामदेव बताउनुभएको छ । भारतको करोडौं रकम गैरकानुनी तरिकाले विदेशमा जम्मा गरेको आरेप रामदेवको छ । यो रकम स्वदेशमा फिर्ता ल्याउनुपर्ने उहाँको माग छ ।को अनसन सुरु 


Related

विश्व 85123436608510033

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item