मंसिर १४ मा संविधान नबने नेपालको अस्तित्व समाप्त हुने एमाले उपाध्यक्ष गौतमको चेतावनी
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_7837.html
हेमन्त शर्मा/असार ७/तुलसीपुर
नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले मंसिर १४ गते भित्र जसरी पनि नयां संविधान जारी हुने बताउनु भएको छ । प्रेस चौतारी दाङले आज बिहान तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहांले मंसिर १४ सम्ममा संबिधान जारी भई सक्ने भन्दै यदि त्यसो नभए नेपाल र नेपालीको अस्तित्वनै समाप्त हुने चेतावनी दिनुभएको हो ।
उहाँले एकीकृत नेकपा माओवादी भित्र देखिएको अन्तरबिरोधले शान्ति प्रकृयामा कुनै पनि असर गर्न नसक्ने ठोकुवा गर्नुभयो । काँग्रेसले सेना समायोजनको अडान राखेर सत्ता बार्गेनिङ गरिरहेको गौतमको आरोप थियो । प्रधानमन्त्री खलनाथ खनालको बिकल्प नभएकाले यो सरकार संबिधान जारी गर्दासम्म टिक्ने दाबी उपाध्यक्ष गौतमको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !