को हुन् राजन दाहाल ? किन उनि हाउँगुजी ?

http://sindhulidarpan.blogspot.com/2011/09/article.html
- केही दिन यता सिन्धुलीमा माओवादी भित्रका विभिन्न समुहका कार्यकर्ता विचमा विवाद चर्किएको छ । कोही प्रचण्ड कोही वैद्य र कोही घट्टराईको पक्षमा विभक्त छन् । माओवादी भित्रकॊ वैचारिक विवाद यतिवेला सडकमा हातहालाहालको अवस्थाको पुगेको छ । वैद्य र भट्राई पक्षले सिन्धुलीमा गर्न लागेको साँस्कृतिक कार्यक्रको विषयलाई लिएर प्रचण्ड पक्षिय भनिने राजन दाहालको नेतृत्व प्रचार सामाग्रीहरु पोष्टर र पम्पेल्ट च्यात्ने चन्दा रसिद खोस्ने कार्यक्रम गरिने सुभेच्छा चलचित्र हलका मालिकलाई हल दिएमा डडाई दिने धम्की दिने चन्दा रशिद टिकट काट्ने सर्वसाधरलाई धम्की दिने जस्ता कृयाकलाप मात्र हैन आफ्नै सहकर्मी जन वर्गिए संगठन अखिल क्रान्तिकारीका अध्यक्ष वुद्धकुमार अच्छामीलाई कुट्ने हुँदा हुँदा आफ्नै पार्टीको सचिव सिपि गजुरेललाई विशाल कुमारको स्मृती दिवसमा प्रमुख अतिथि वनेर आउँदा वाँदेर लडाई दिने खुल्लेआम धम्की दिने सम्म गरी रहेका छन् राजन दाहालले ।
राजन दाहालले रामेछापमा हुँदा अरु राजनीतिक दलका कार्यक्रमलाई वन्देज लगाए । त्यहाँ प्रतिरोध गर्ने अन्य राजनीतिक दलका कार्यकर्ताले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै उनले हानेको रड खाए । टाउको फुट्दा पनि कसैले उनको प्रतिवाद गर्न सकेन । एमाले महाँसचिव इश्वर पोखरेललाई ढुँगा लडाएर हत्या गर्ने योजना वनाए । विकास योजनाहरु एक लौटी आफ्ना आसेपासेलाई वाँडे । त्यसवाट आउने २० देखि ४० प्रतिसत रकम पार्टी संचालनको नामका लागि लिए । कति अदृष्य आय पनि निरंतर लिए । केही कार्यकर्ता पाल्नमा खर्च गरे अधिकांस अनले आफ्नै ससुराली भारत पुर् याए । अन्य राजनीतिक दल यती निरिह भएकी उनको वाहुवलको अगाडी केही गर्नै नसक्ने भएनन् । विस्तारै यो अत्याचारको विरुद्धमा राजनीतिक दलहरु संगठित हुँदै गए । माओवादी भित्रका युद्धमा दुख भोगेर आएका कार्यकर्ता एक भए र राजन दाहालको त्यो अत्याचारको विरुद्धमा खनिए रामेछापको एउटा गाउँमा गएका वखत गाउँलेले उनको टाउकोमा दाउरो वजारे । उनले हिजो पार्टीका नाममा लिएको पैसाको हिसाव किताव खोजे । त्यसपछी उनि कारवाहीमा पर्नै लागेका थिए सुनिए अनुसार प्रचण्डको आर्शिवाद पाएर सिन्धुली सह इन्चार्जको रुपमा गए । यो भनाई यो पक्तीकारको हैन अहिले रामेछापको माआवादी नेतृत्वमा रहेका एक नेताको भनाई हो ।
उनि अगाडी थप्छन् आफ्नो वाहुवल पार्टी र संगठनका लागि हैन पैसा संकलनका लागि लगाउँछन् । उनका पछाडी जानेको र वुझेको कोही नेतृत्व हुँदैन । केवल युवापुस्ताका केही व्यक्ती हुन्छन जस्लाई प्रयोग गर्न सजिलो छ । उनि विगतको पिडा सुनाउँदै भन्छन् केही कुण्डले र पार्टी कार्यकर्ता मिसारएर एउटा ठुलो झुण्ड राजनको पछाडी हुन्थ्यो । कुनै कार्यलयमा त्यो झुण्डलाई लिएर गयो अनि वाहिर राख्यो । यती पैसा दे नत्र वाँच्न मन छैन भनेर पैसा लियो अनि थोरै पार्टी काममा खर्च गर् यो वाँकी आफ्नो खल्ती भर् यो । त्यसको हिसाव कितार कसैले खोज्न सकेन । धन्न उनि यहाँवाट हिँडे एउटा निरंकुस प्रवृत्तीको अन्त्य भयो अहिले रामेछाप सन्चो भएको छ भन्दै यो पक्तिकार संग लामो सास ताने ती नेताले ।
राजन सिन्धुली जिल्लामा प्रवेश गरे देखिनै आफ्नो हर्कत देखाउन थाले झाँगाझोलीमा एमालेको कार्यक्रमा आक्रमण गरेर केन्द्रीय सदस्य केशव देवकोटालाई कव्जामा लिए र अपमानित गरे । नेपाली कांग्रेसका दिपक मिश्रलाई सार्वजनीनिक ठाउँमा चडकन हाने वनेपा वर्दिवास सडक आयोजनामा अन्य राजनीति दलका कार्यकर्तालाई निशेधित गर्दै आफना आसेपासेलाई भर्ना गरे झाँगाझोली घट्नाको समाचार प्रसारण गरेको निहँुमा रेडियो सिन्धुलीगढी फुटाउने धम्की दिए । मुलकोटमा आफुले लिएको ठेक्काको रकम कार्यकर्ताले खोजे पछी गोली हान्न लगाए । त्यती हुँदा पनि झुगाझोली घट्नामा एमालेले र दिपक मिश्र पिटिँदा काँग्रेसले सामान्य प्रतिवाद गरे तर माआवादी भित्रका प्राय सवैले राजन दाहाललाई सहयोग गरे । अझ सिपि गजुरेलले त प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलकै कार्यकक्षमा राजन दाहाललाई झुगाझोली घट्नामा फसाँईदै छ यदी त्यसो भयो भने ठिक हुँन्न भनेर भने र सिङ्गै माआवादी लागेर उनलाई वचाए ।
राजनले त्यही सर्मथनलाई भजाउँदै पार्टीमा आउने आयश्रोत माथी एकाधिकार जमाउँदै गए । मारुती सिमेन्ट वन्द गर्ने नाममा उनि गए धेरै वारएनिङ पछी मासिक २ लाख कम्पनीले दिने सहमती भए पछी वोल्नै छाडे । वनेपा वर्दिवास सडक आयोजनामा त्यसै गरी कम्पनी वन्द गराउने धम्की दिए मासिक रुपमा मोटो रकम पाउने सहमती भए पछी वोल्न छाडे । मध्यपहाडी लोकमार्गमा कार्यरत ठेकेदारलाई यती दिए केही हुन्न नभए वाँच्दैनस भनेर मासिक आम्दानीको वाटो वनाए । यस्ता धेरै अदृश्य आय श्रोत छन् राजनका जुन पार्टी हितमा दश प्रतिसत पनि खर्च नहुने कुरा स्वयँ माआवादी कार्यकर्ता स्विकार्छन् । तर पनि माओवादी कार्यकर्ता वचाउँदै गए । अन्नतत दुध खुवाएर पालेको सर्पले आफ्ैलाई डस्छ भने झै उनले आफ्नै नेता कार्यकतामाथी आक्रमण गर्न पछी परेनन् ।
केही दिन देखि सिन्धुलीमा माओवादी भित्र राजन दाहालको हर्कत देख्दा अचम्मित भएको छ यो पंक्तिकार । हिजो युद्धमा ज्यानको वाजी लगाएर लडेका नेता कार्यकर्ता निरिह भएका छन् । राजन दाहाल नाउँको व्यक्ती त्यस्तो हाउँगुजी भएको छ जो सपनामा आएर पनि तर्शाउन वेर लाउँदैन । आखिर किन यस्तो भयो त । त्यो भनेको राजन दाहालको विगतलाई नवुझेर हो वा वुझी वुझी वुझ पचाएको हो वुझ्न सकेको छैन ।
मलाई त्यसवखतको तिथि मिति याद छैन सायद अहिले पनि माओवादीमा रहेका नेता विनोद दाहाल लगाएत त्यस वखत सिन्धुलीमा रहेका राजनीतिक दलका नेताहरु र जिल्ला वासीलाई थाहा हुनु पर्छ । माओवादी युद्धको वेला सिन्धुली जिल्लाको प्रहरी प्रमुख थिए नविन अधिकारी । प्रहरी कार्यलयवाट जिल्ला प्रशासन कार्यालयमा एकजना माओवादी कार्यकताले आत्मसर्मपण गर्दैछन् आउनु पर् यो भनेर वोलावट भयो । अग्रज संचारकर्मी संगै यो पक्तीकार सहित थुप्रै मानव अधिकार कर्मी संचारकर्मीको त्यहाँ उपस्थीति थियो । यसैमा राजन दाहाल नाउँ गरेका एक व्यक्ती मलाई माओवादीमा वसी रहन मन लागेन मैले प्रशासन समक्ष आत्मसर्मपण गरे भन्ने भनाई राखे । संचारकर्मीले सोधे किन छाड्नु भयो त माओवादी भन्दा उनले मान्छे मार्ने अर्काको लुटेर खाने भएकाले चित्त वुझेन छाडेँ भने । संचारकर्मीले फेरी सोधे आत्मसर्मपण गरेको व्यक्ती गाउँमा गएर वसे माओवादील्ो आक्रमण गर्न सक्छ के गर्नु हुन्छ त भन्दा राजन दाहालले भने नजानेर माओवादीमा लागि हालियो अव इन्डिया भारत जान्छु उतै नोकरी खोजेर खानु पर्ला भनेर उनि हिँडे । धेरै समय राजन दाहाल नाउँका व्यक्तीको नाम माओवादीमा यो पंक्तीकारले कहिल्यै सुनेन । त्यस वखत प्रशासनिक तवरवाट यातना सहन नसकेर धेरैनै माओवादी कार्यकर्ताले आत्मसर्मपण गरेको कुरा यो पंक्तिकारले पनि देखेको हो सुनेको हो । कति प्रतिवद्ध माओवादी कार्यकर्ता पार्टीमै फर्कने आत्माआलोचना गर्ने र पार्टी कारवाही भोग्ने गरेर माओवादी पार्टीमै कृयाशिल रहे । सर्वसाधरण पनि अघोसित रुपमा गाउँमैे वसेर माओवादीलाई निरंत सहयोग गरेको देखेकै हौँ । अँहँ कतै राजन दाहालको नाम सुनियन र देखिएन पनि ।
केही समय पछीनै यो पंक्तीकार मानव अधिकारकर्मीका रुपमा सिन्धुलीमा कृयाशिल भयो । हामीले आत्मसर्मपण गर्ने कार्यकर्ताको जीवन रक्षाका लागि निरंतर फलोअप गर्नु पथ्र्यो । त्यस वखत दुई जना व्यक्ती हराएको हरायै भए एउटा राजन दाहाल अर्का तीनकन्याका रितवहादुर गुरुङ । पछी थाहा भयो रित वहादुर गुरुङलाई स्टलवजारवाट सुरक्षाकर्मीले समातेर वेपत्ता पार् यो तर राजनको भने कहीँ अत्तो पत्तो लागेन सायद भारतमै कुनै नोकरी गरेर वसका होलान भनेर हामीले रिर्पोटिङ गर् यौँ । माओवादी खुल्ला राजनीतिमा आए पछी एकाएक रामेछापमा राजन दाहाल नाम गरेका नेताको खुवै चर्चा आउन थाल्यो । उनको क्रान्तिकारी आक्रमण र अरु राजनीतिक दल माथीको प्रतिवन्धले खुवै चर्चा पायो । कौतुहलता लाग्यो यस अघि कहिल्यै नचिने नसुनेको सिन्धुलीको मान्छे रामेछापमा गएर यत्रो चर्चा पायो कोहो त यो भनेर सहकर्मील्ााई सोद्दा पत्ता लाग्यो उनै आत्मसर्मपण गर्ने राजन दाहालपो क्रान्तिकारी भएर आएका रहेछन् ।
आज तिनै राजन दाहाल सिन्धुलीमा उघ्र क्रान्तिकारी भएर हिजो युद्धमा मर्न मारिन सक्ने आफ्नै सहकर्मी नेता कार्यकतालाई गद्दार देख्दैछन् । आफैले महान नेता भनेका सीपी गजुरेललाई वाँधेर लडाउने भएका छन् । आफु संगै रहेका कार्यकर्तालाई हात खुट्टा भाँच्न तल्लीन् छन् ।
यो सवै राजनीतिमा अपराधिक मानसिकताको उपजले भएको हो । हामीले हिजो तिनै राजन दाहालको अपराधिक चरित्रलाई उच्च स्तरको क्रान्तिकारी देख्यौँ र उनका हरेक अपराधिक कृयाकलापलाइ ढाकछोप गर्न तलिन्न वन्यौँ । उनले हिजो न युद्धमा दुख गरे न उनलाई पार्टीनै वचाउनु पर्छ भन्ने छ । छ त केवल पैसा कमाउनु अनि थुर्पार्नुमा । समय क्रमसंगै उनको पछाडी कोही हुन छाडेका छन् । अहिले भएका व्यक्तीहरु छन् त केवल उनको भित्रिकुरा नवुझेका । ति पनि विस्तारै वुझदै जानेछन् र केही व्यक्तीले राजन दाहाललाई गरेको देवत्वकरण समाप्त हुने छ । अनि राजन दाहालहरु विस्तारै समाजमा एउटा राजनीतिक अपराधिक मानसिकता वोकेको मान्छेको रुपमा चित्रण हुने छ ।
यो घट्नाले मान्छे मर् यो भन्ने कुरा प्रमुख नहुन सक्छ काल पल्क्यो भन्ने प्रमुख हो । अरुकुनै दलका नेताकार्यकर्ताले पनि यस्तै प्रवृ्रर्ती भएका व्यक्तीहरुलाई साथमा लिएर आफ्नो राजनीतिक भविष्यको कल्पना गर्छ भने त्यो अव विस्तारै सकिने छ । समाजले अव राजनीतिक अपराधिकरण स्विकार्न छाडेको छ । यस तर्फ राजनीति गर्नेहरुले ध्यन दिन जरुरी छ । यस्मा सवैको चेतना भया ।
यदि व्यक्तिगत आक्रोश मिसिएको छैन, जनतालाई जानकारी गराउनु नै स्तम्भकारको ध्यय हो भने भने त राजन दाहाललाई माओवादीको नेता कसरी मानिरहनु ?
ReplyDelete