माओवादीको स्थायी समिति बैठक बस्दै

http://sindhulidarpan.blogspot.com/2011/09/news_03.html
१७ भदौ,काठमाण्डौ

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा हतियार राखिएका कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने विषयमा पार्टीले गरेकेा निर्णयमा सबै नेताहरुलाई स्पष्ट पारिने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
उहाँले बैठकमा अहिलेसम्म मन्त्रीपरिषद विस्तार हुन नसक्नुको कारण पनि खोजिने बताउनुभयो । माओबादी सेनाका शिविरमा रहेका हतियार राखेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउनु पार्टी निर्णय विपरित भएको भन्दै उपाध्यक्ष बैद्य पक्षधर नेताहरुले विरोधका कार्यक्रम शुरु गरेका छन् । उनीहले संस्थापन पक्षले तुरुन्त निर्णय सच्याउनुपर्ने बताउँदै त्यसो नगरे आफूहरुले आन्दोलनका कडा कार्यक्रम ल्याउने बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !