महिलाहरुसँगै नाच्न जाने प्रहरी प्रमुखलाई कार्वाहीको माग


सन्तोष दाहाल, धुलिखेल काभ्रे 

तीजको रमाईलो गरिरहेका महिलाहरुमाथि दुव्र्यवहार गरेको आरोप लागाउँदै काभ्रेको मंगल्टारका नागरिकले ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पदम राज जोशीलाई कार्वाहिको माग गरेका छन । बिहिवार राति १० बजे स्थानिय महिलाहरु न्ााचगान गरिरहेको स्थानमा मदिरा सेवन गरि मातिएका प्रहरी निरिक्षक जोशी स्थानिय बासिन्दालाई गालि गलोज गर्दै महिलाहरुसँगै नाच्न गएको भन्दै उनीहरुले कार्बाहिको माग गरेका हुन् । 

बेलुका नाचगान चलिरहेको बेलामा प्रहरी निरिक्षक जोशी मदिरा सेवन गरि नाच्न सिकाएको स्थानिय महिलाहरुको आरोप छ । स्थानिय महिला सिता भट्टराईले झन माथि सार् यो झन तल झर्छ हाई मेरो फरिया भन्ने गित गाउँदै महिलाहरु न्ााचेको ठाँउमा नाच्न सिकाएको बताउनुभयो । 

जाशीले नाचगानको बेलामा सम्झाउन खोज्ने युवाहरुलाई समेत एक महिना भित्र सिध्याईदिने धम्की दिएको स्थानियको भनाई छ । बेलुका नाचगानमा मदिरा सेवन गरि मातिएका निरिक्षक जोशीले दुब्र्यवहार गरेको आक्रोशमा आज स्थानिय बासिन्दाले भेलाको आयोजना गरि बिरोध गरेका थिए ।

Related

समाज दर्पण 7403590726488656349

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item