चौथीका कारण दुई विद्यार्थीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2011/09/society_2945.html
१६ भदौ, नुवाकोट
गएराती चौथी खेल्न जाँदा भिरबाट लडेर नुवाकोटका दुई विद्यार्थीको मृत्यु भएको छ । त्रिशूली सामुदायिक बोडिङ स्कुलमा अध्ययन दुवै छात्राको चौथी खेल्ने क्रममा गेर्खुखोलाको भीरबाट खसेर मृत्यु भएको प्रहरीको दावी छ । देउराली गाविस गोगने घर भएका १५ बर्षिय लरिन तामाङ र विदुर नपा वडा नं। ८ राईसंहका १५ बर्षिय अर्जुन तामाङको गेर्खु गाविस वडा नं। ३ पधेरेको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्रिशूली सामुदायिक बोर्डिङ स्कूल त्रिशूलीमा कक्षा १० मा अध्ययरत दुबै विद्यार्थीको शब आज विहान फेला परेको हो । छात्राबासमा बसेर अध्ययन गर्ने उनीहरु राती छात्रावासबाट भागेर साथीहरुसंग चौथी खेल्न गएको प्रहरीले जनाएको छ । त्रिशूलीबाट नजिकैको गेर्खु गाविस पुगेका विद्यार्थीहरुलाई राती चौथी खेलेर भाग्ने क्रममा भीरबाट खसेको संगै रहेको साथीहरुले प्रहरीलाई जानकारी दिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले विद्यालयका पि्र_िन्सपल विजय श्रेष्ठसहित ७ जना शिक्षकशिक्षिका र ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !