सर्लाहीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु, १३ जना घाइते

सुरेश बिडारी,सर्लाही,फागुन १८

सर्लाहीको भक्तिपुर २ बाँके लच्कानेर गएराती सवारी दुर्घटना हुँदा  ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएको प्रहरीले जनाएको छ, घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर छ । सिन्धुलीको माइस्थान मन्दिर दर्शन गरेर पूर्वबाट पश्चिम आउँदै गरेको को १ च ३०३५ महेन्द्र पीकअपले सोही दिशातर्फ फर्काएर राखेको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर लालबन्दी ३ का ३० वर्षीया  सोभा पोखरेल, सोही स्थानमा ४५ वर्षीया जोफनी सुवेदीको घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अर्का लालबन्दी ७ का ७  ४ बर्षिय नाम नखुलेका बालकको भने उपचारका क्रममा मृत्यु भएको छ । चालक उदयपुरको चिलाउने ६ बस्ने वर्ष २० को दिपक रायमाझीे प्रहरीको नियन्त्रणमा  छन् ।  घाइतेहरुको भरतपुरमा अस्पतालमा उपचार भइरहेको छ । 

Related

प्रमूखखबरहरु 3031672766081745296

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item